३ लाख बढि लगानीमा निर्मित बिष्णु माझीको “नलाउ झुटो पिरती”को दोश्रो भाग सार्बजनिक हुदै
नेपाली फिल्ममा मात्र हैन पप तथा आधुनिक गीतहरुमा समेत सिक्येल अर्थात भाग २ भन्दै गीत तथा फिल्म सार्बजनिक गर्ने ट्रेण्ड पछिल्लो समय नेपालमा निकै फस्टाएको छ । अब यति मात्र हैन, नेपाली लोक गीतमा पनि सोहि गीतलाई निरन्तरता दिदै भाग २ भनेर अर्को गीत सार्बजनिक गर्ने प्रचलन पनि सुरु भएको छ । केहि समय अगाडि नेपालि लोक बजारमा निकै नै चर्चा र राम्रो प्रतिक्रिया बटुलेको एक म्युजिक भिडियोको दोस्रो भाग पनि सार्बजनिक हुने भएको छ ।
अलि समय अगाडि “नलाउ झुटो पिरती” बोलको गीत नेपाली लोक गीत पारखीहरुको मन मुटुमा बस्न सफल भई सकेको छ भने हाल यसै गीतको भाग २ सार्बजनिक गर्न लागिएको हो l प्रियसी म्युजिक प्रालि को प्रस्तुति रहने सो गीतलाई बबिता पुरी र राजेन्द्र पुरीले बजार व्यवस्थापन गरिरहेका छन् । “यो गीतमा निकै मेहनत, दुख र समय खर्चेर बनाएको” बताउछन व्यवस्थापन मध्यका एक बबिता पुरी । यहि जेठ १२ गते म्युजिक नेपालको युटुब च्यानलबाट सार्बजनिक गर्ने तयारि गरिएको उक्त गीतमा चर्चित गायिका बिष्णु माझी र गायक राजेश सेनको स्वर रहेको छ भने गीतमा सुनिल केसिले सब्द संकलन गरेका छन् ।
त्यस्तै “नलाउ झुटो पिरती” मा लय भने गणेश अधिकारीको रहेको छ । नयाँ शैली र फरक स्वादमा निर्माण गरिएको भाग २ लाई पनि पहिलो गीत जसरि नै दर्शकले मन पाउनेमा पुर्ण बिस्वासमा छन् अर्का व्यवस्थापक राजेन्द्र पुरी । ३ लाख भन्दा माथिको लगानी रहेको “नलाउ झुटो पिरती-२” लाई उत्कृष्ट पृष्ठभुमीमा व्यवस्थापक रहेकी बबिता आफैले निर्देशन गरेकी छिन । त्यस्तै भिडियोमा अहिलेका उदाउदो मोडल आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको छ भने आशा यहि “नलाउ झुटो पिरती” भाग १ मार्फत ५ औ लोक दोहोरि अवार्ड मा उत्कृष्ट ५ मोडलको नोमिनेसनमा परेकी छिन । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई अभिनास डिसिले सम्पादन गरेका छन् ।


