फिलिपिन्समा माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु, सात घाइते

मनिला, १८ जेठ । फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ ।

घटनामा परी अन्य सात जना घाइते भएका रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सहायक रथी रेष्टीटुटो पाडिल्लाले बुधबार मध्यान्हतिर रकेट बम प्रहार भएको बताउनु भयो ।

“यो एउटा ‘फ्रेण्डी फायर’ हो, आफ्नो सहकर्मीको हत्या भएको यो एउटा दुर्घटना हो,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

रक्षा सचिव डेल्फीन लोरेन्जानाले पर्याप्त समन्वय नहुँदा आफ्नै सहकर्मीमाथी आक्रमण भएको बताउनुभयो । उहाँले कसरी यस्तो घटना भयो भन्ने बारेमा अहिले सम्म पनि एकिन हुन नसकेको जानकारी दिनुभयो ।

अर्को पत्रकार सम्मेलनमा लोरेन्जानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको बताउनुभयो । उहाँले मरावी क्षेत्रमा अतिवादीविरुद्ध लड्नका लागि ठुलो सङ्ख्यामा सैनिक पठाइएको जानकारी दिनुभयो ।

यो अत्यन्तै तरल अवस्था हो, हामी अधिकाँश त्यहाँ थियाँै, उहाँले भन्नुभयो । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।