जबरजस्ती काममा लगाइएका २२ जना बालबालिका प्रहरीद्वारा उद्धार
ग्वाटेमाला सिटी, १८ जेठ । ग्वाटेमालाका प्रहरीले जबरजस्ती काममा लगाइएका २२ जना बालबालिकालाई बुधबार उद्धार गरेको छ ।
विभिन्न पसलमा काम लगाइएका ती बालवबालिकाको उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो । अधिकांश बालबालिका आदिवासी जनजाती समुदायका रहेका छन् ।
जबरजस्ती बालबालिकालाई काममा लगाउन यस गैरकानूनी कार्यमा आठ जना व्यक्तिको संलग्नता पाइएको र ती व्यक्तिलाई पक्राउसमेत गरिएको प्रहरी प्रवक्ता जर्ज अगुइलारले संबाददातालाई जानकारी दिएका छन् ।
प्रवक्ता जर्जका अनुसार ती बालबालिका उनीहरुलाई सुहाउँदो राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर ग्रामिण क्षेत्रबाट ल्याइएको थियो
काम लगाइएका ती बालबालिकालाई थोरै ज्याला र कम गुणस्तरको खानेकुरा दिएर १८ घन्टाभन्दा बढी समयसम्म काम गराएको पाइएको प्रहरी प्रवक्ताले दिएका छन् ।
ग्वाटेमालामा ४२ प्रतिशत जनसङ्ख्या आदिवासी जनजाति समुदायको रहेका छ । उनीहरुमध्ये अधिकांश पिछडिएका र गरिव रहेका छन् । रासस÷एएफपी


