३६ जनाको एकै चिहान बनाएर आत्महत्या ! मनिला आक्रमणको यो कारुणिक दृश्य हेर्नुहोस् (भिडयोसहित)

मनिला । फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको छ ।

बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको यस आक्रमणमा परी आक्रमणकारी स्वयम्लगायत ३६ जनाको मृत्यु भएको हो । आगजनी र गोलीसमेत प्रहार गरी ३६ जनाको हत्या गरेपछि उनी स्वयम्ले आमहत्या गरेका थिए ।

यस आगजनीको पाँच घन्टापछि आक्रमणकारी स्वयम्ले आत्मदाह गरेका र ती बन्दुकधारी आगजनीको क्रममा एम ४ राइफल र पेस्ट्रोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् । फिलिपिन्सको सुरक्षा अधिकारीहरुले यो घटना आतङककारीहरुले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन् ।

“क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरु भेटिएका थिए भने, अन्य केही शवहरु होटेलको आराम कक्षमा भेटिएका दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताएका छन् ।

हाल होटेल प्रहरीको कडा निगरानीमा रहेको त्यहाँ कसैलाई पनि जान नदिइएको टोमसले बताएका छन् । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ, शङ्कास्प्रद व्यक्तिहरुको पहिचान भइसकेको छ,” उनले थप जानकारी दिएका छन् । रासस/एएफपी/सिन्ह्वा

मनिला आक्रमणको यो कारुणिक दृश्य हेर्नुहोस् : यो लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।