कामका लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवाले फेसबुकमा स्टाटस लेखेपछि आत्महत्या गरे

सउल, २२ जेठ । दक्षिण कोरियामा कामका लागि पुगेका एक नेपाली युवाले फेसबुकमा स्टाटस लेखेपछि आत्महत्या गरेका छन् ।

जीवन अँध्यारो भएको स्ट्याटस लेखेर आत्महत्या गर्ने यी युवा हुन्, गोरखाका सुनिल अधिकारी । इपिएसमार्फत् कामका लागि दक्षिण कोरिया पुगेका २२ वर्षीय अधिकारी देगु खांग्सानस्थित फोजांग कम्पनीमा कार्यरत थिए । उनी दुईबर्ष अघि मात्रै दक्षिण कोरिया पुगेका थिए । सुसाइड गर्नु केही घन्टा अघि उनले ‘लाइफ’ लेखेर फेसबुक वालमा कालो रंग पोतेका थिए। उनको ‘सुसाइड नोट’ समेत भेटिएको छ । आत्महत्याको कारण भने खुलेको छैन् ।

कोरियामा कामका लागि पुगेका नेपाली श्रमिकहरुले आत्महत्या गर्ने क्रम ह्वात्तै बढेकोमा नेपाली समुदाय चिन्तित भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।