‘असारको निर्वाचन किसान बिरोधी षडयन्त्र’ : एमाले नेता ज्ञावली !
गुल्मी, २२ जेष्ठ नेकपा एमालेका केन्द्रिय सचिब प्रदिप ज्ञावलीले सरकारले पटक पटक सार्दे असारको लागि घोषणा गरेको निर्वाचन किसान बिरोधी षडयन्त्र भएको बताउनुभएको छ ।सत्ता पक्षा पटक पटक मिति सार्दे निर्वाचन सार्ने पक्षमा रहेको भन्दै अहिले हुन लागीरहेका निर्वाचन महाभारतको युद्ध जस्तै भएको बताउनुभएको हो ।

नेकपा एमाले मुसीकोट नगर समितिको आयोजनामा कुर्घाको भुवाचिदीमा आज भएको आमसभालाइ सम्बोधन गर्दे प्रमुख अतिथि समेत रहेको ज्ञावलीले यो चुनावमा एमाले पाण्डब जस्तै भएर लागीरहेको बताउनुभएको हो । उहाँले पुर्खाले नाँगो खुकुरी सँग लडेर जितेको यो देश बनाउने नेतृत्व अबको निर्वाचनले चयन गर्ने बताउनुभयो ।
एमाले सचिब ज्ञावलीले नेकपा एमालेलाइ कमजोर बनाउने प्रयास भइरहेको बताउँदै जति दलहरु बिच तालमेल भएपनि नेकपा एमालेले जितेको बताउनुभयो । भरतपुरमा भएको विवादको कुरा गर्दे उहाँले एमालेले नैतिक रुपमा जितिसकेको र उम्मेद्वार देवी ज्ञावलीको लडाइ प्रतिस्पर्धी रेणु दाहाल सँग नभइ सत्ता पक्ष सँग भएको बताउनुभयो ।
अहिले संसदमा दर्ता भएको संबिधान शंसोधनको कुरा गर्दे उहाँले नेपालका नागरीकहरुलाइ अल्पमतमा पर्ने गरी यो प्रस्ताव ल्याइएको र यो प्रस्ताव आफ्नो पार्टीले फेल गर्ने बताउनुभयो ।
उहाँले सम्पुर्णलाइ मुसीकोट नगरपालीकामा एमालेको टिमलाइ जिताउन आग्रह गर्नुभयो । अबको चुनावमा बिगतका कमी कमजोरीहरु हटाउदै एमाले अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका कमल श्रेष्ठ, मुसीकोट नपाका मेयरका उम्मेद्वार तथा एमाले जिल्ला सचिब सोमनाथ सापकोटा, उपमेयर उम्मेद्वा कमला शर्मा, जिल्ला सदस्य जँग नेपाली, अनेरास्वबियु जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम कुवँरले बोल्दै अबको निर्वाचनमा नेकपा एमालेलाइ जिताउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले मुसीकोट नपा संयोजक जीवन शर्माको अध्यक्षता रहेको थियो भने एमाले केन्द्रिय सचिब प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा बिभिन्न पदमा उम्मेद्वार दिएका उम्मेद्वारहरु, एमालेका जिल्ला तथा केन्द्र तहका नेताहरु, बिद्यार्थी नेताहरु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वडा नम्बर ७ का उम्मेद्वार प्रकाश काफ्लेको स्वागत तथा रेसुँगा बहुमुखी क्याम्पस तम्घासका स्वबियु सभापति श्रीराम महतको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम कुर्घाको भुवाचिदी पारी रहेको ग्वालीकाचौरमा सम्पन्न भएको थियो । बर्षा भएको कारण प्रमुख अतिथिको सम्बोधन केही समय रोकिएको थियो ।


