साउदी अरबले भन्यो,- कुनै पनि बेला कतारमाथि आक्रमण हुनसक्छ

साउदी अरबले कतार माथि कुनै पनि बेला आक्रमण हुन सक्ने बताएको छ । न्स्ट्च्यिुट फर गल्फ अफेयर्सका संस्स्थापक र निर्देशक प्राध्यापक अली अल–अहमदले कतार माथि कुनै पनि बेला हमला हुन सक्ने बताएका हुन् । ‘कतारमाथि अब आक्रमण हुन्छ । कतारी सिमानानजिक साउदीले सैन्य गतिविधि चलाइरहेको सूचना मैले पाएको छु,’ अल–अहमदले सोमवार भने, ‘साउदीहरू युद्धको तयारी गर्दैछन् ।’

उनले सोचेभन्दा निकै अगावै कतारमाथि पूर्ण आक्रमण हुनसक्ने चेतावनी समेत दिएका छन् । ‘यमनमाथि बम आक्रमणको आवृत्ति हेर्नुस् । यमनका विद्रोहीहरूमाथि साउदी अरबले आक्रमण बन्द ग–यो वा घटायो भने कतारविरुद्ध आक्रमणको तयारी गरेको भनी बुझ्नुपर्छ,’ उनले भने, ‘ अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री रेक्स टिलरसनले साउदी राजपरिवारसँग निकट सम्बन्ध कायम राखेका छन् र उनीहरूले कतारमाथि साउदी आक्रमणलाई समर्थन गर्नेछन् ।’

ट्रम्पले साउदीहरूले गर्ने आक्रमणप्रति कुनै आपत्ति नजानाउने उनले बताएका छन् । साउदीले कतारमाथि आक्रमण गरेमा इजिप्ट र युएई अनि विशेषगरी बहराइनले पूर्ण समर्थन गर्ने अल–अहमदको भनाइ छ । ‘साउदीहरू कतारीसँग बेस्सरी रिसाएका छन् । साउदीहरूले यमनलाई कहिल्यै स्वतन्त्र हुन दिने छैनन् । बहराइन कतारसँग घृणा गर्छ,’ उनले भने, ‘साउदी अरबका नेताहरू कतारलाई रियादको नोकर बनाउन चाहन्छन्, अहिलेको यमन सरकार जस्तो ।’

साउदीहरूको दुईवटा लक्ष्य रहेको भन्दै उनले भने, ‘पहिलो, कतारलाई आफ्नो दास बनाउने । यसमा उनीहरू कुनै तलमाथि गर्ने छैनन् । दोस्रो, साउदीहरूको आँखा कतारको अकूत सम्पत्तिमा गडेको छ । उनीहरूलाई त्यो पैसा चाहिएको छ ।’

डोनल्ड ट्रम्पले साउदीहरूलाई सुरक्षा चाहिने भए अमेरिकालाई उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूलो रकम दिनुपर्ने प्रस्ट पारेका छन् जसले गर्दा उनीहरूमा ठूलो वित्तीय भार परेको अल–अहमदको निष्कर्ष छ ।‘साउदीहरूलाई अहिले जसरी भएपनि पैसा जम्मा गर्नु छ । अझ त्यसमाथि ट्रम्पले उनीहरूमाथि आर्थिक भार थोपरिदिएका छन् । उनीहरूको पैसा सकिँदै गएको छ र टन्न क्याश तत्कालै आवश्यक छ,’ उनले भने ।

कतारको नेतृत्व आफूहरूप्रति पूर्ण बफादार हुनुपर्ने अपेक्षा साउदी अरबले राखेको अल–अहमद निष्कर्ष निकाल्छन् । उनले साउदी अरबले कतारसँग सबै सम्बन्ध तोड्ने निर्णय गरेर आफूभन्दा सानो र धनी देशमाथि कब्जा जमाउँदै त्यहाँको सम्पत्ति हात पार्नका लागि भूमिका बनाएको उनको भनाई छ । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।