एमाले धनकुटा आज हिलेको घरदैलोमा !, कृषीउपजलाई प्राथमिकता दिंदै भन्यो,- कृषकहरुलाई पेन्सनको व्यवस्था गर्छौं, भोट एमालेलाई !

धनकुटा खबर, जेठ ३१ । स्थानिय तहको चुनावि प्रचार प्रसार अभियान अन्तर्गत नेकपा एमाले धनकुटा नगरपालिका वडा नं १ ले आज हिलेको विभिन्न स्थानमा चुनावी घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

उसले त्रिसुले देखि राई टोल, सिंजालीगाउँ,राना टोल र चिया बगान सम्म घरदैलो कार्यक्रम गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले ती टोलहरुमा व्यवसायिक खेतिको लागि पहल गर्ने, सिंचाईको लागि एक घर एक पोखरीको निर्माण गर्ने, मल वीउको अनुदान को व्यवस्था गर्ने र उक्त गाउँ टोललाई सब्जि पकेट क्षेत्र घोषणा गर्ने, कृषकहरुलाई पेन्सनको व्यवस्था गर्ने भन्दै नेकपा एमाले पार्टी को चुनाव चिन्ह सुर्यमा मतदान गरि बिजयी गराउन मतदाताहरुलाई आग्रह गरेका छन् ।

नेकपा एमाले पार्टिको वडाअध्यक्ष्य उम्मद्धार निरन तामाङकोे नेतृत्वमा सञ्चालित घरदैलो अभियानमा ६५ जना नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । त्यस्तै नेकपा एमालेका धनकुटा नगरपालिका मेयर उम्मेद्धार र उपमेयर उम्मेद्धारले भीर गाउँमा सञ्चालन गरेको चुनावी घरदैलो अभियानको क्रममा राप्रपा पार्टी परित्याग गरी ८ जना व्यक्ति नेकपा एमालेमा प्रवेश गरेकाछन् ।

हिजो र आज सञ्चालित अभियानको क्रममा चिज्ञ वहादुर भुजेल,हेम वहादुर वस्नेत,कमल वहादुर वस्नेत,गोपाल वहादुर वस्नेत,थिर वहादुर कार्की,केशव वहादुर वस्नेत मीन वहादुर वस्नेत र ईन्द्र वहादुर वस्नेत नेकपा एमालेमा प्रवेश गरेको २ नं वडाध्यक्ष उम्मेद्धार चन्द्रलाल तामाङ्गले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।