काग्रेसद्धारा छथर गाउँपालिका धनकुटामा उम्मेद्धार घोषणा, को-को परे अन्तिम लिष्टमा ?

धनकुटा खबर, आसार १ । दोश्रो चरणमा असार १४ का लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले आज धनकुटाको छथर गाउँपालिकामा उम्मेद्धार घोषणा गरेको छ ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति नविन किशोर शाक्याको अध्यक्षता तथा सांसद मनोहर नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच स्थानीय तह निर्वाचनका लागि कांग्रेसले उम्मेद्धार घोषणा गरेको हो ।

जसअनुसार छथर गाउपालिकाको प्रमुखमा निर्मल ओझा,उपप्रमुखमा मूनादेवी तामाङ्ग, १ नं वडाध्यक्षमा गोविन्द लिम्वु,महिला सदस्यमा भद्र कुमारी लिम्वु,दलित सदस्यमा धनमाया विक र सदस्यद्धय चन्द्र प्रसाद अधिकारी र हरिराज कटुवाल वडा नं २ को वडाध्यक्षमा विष्णु प्रसाद पौडेल, दलित सदस्यमा कमला दमाई, वडा नं ३ को वडाध्यक्षमा नारायण श्रेष्ठ महिला सदस्यमा शान्ता तुम्वाहाम, सदस्यद्धय छत्र लिम्वु र सरोज लिम्वु, वडा नं ४ को वडाध्यक्षमा मेघराज खतिवडा,महिला सदस्यमा भीम कुमारी लिम्वु दलित सदस्यमा शान्तिमाया नेपाली सदस्यद्धय देव वहादुर लिम्वु र नर वहादुर तामाङ्ग वडा नं ५ को वडाध्यक्षमा केशव चापागाई महिला सदस्यमा रिता दाहाल,दलित सदस्यमा छत्रमाया विक, सदस्यद्धय ढकल सिंह लिम्वु र ओजहाङ्ग लिम्वु र वडा नं ६ को वडाध्यक्षमा नविन श्रेष्ठ महिला सदस्यमा गितादेवी आचार्य सदस्यद्धय वल वहादुर खड्का र घनेन्द्र मगरको नाम सार्वजनिक गरेको नेपाली कंग्रेसले जनाएको छ ।

कार्यक्रममा वोल्दै सांसद मनोहर नारायण श्रेष्ठ र प्रमुख उम्मेद्धार ओझाले छथर गाउँपालिकाको विकास र समृद्धीका लागि रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरेका छन् । उनीहरुले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा विजयी हाँसिल गरे यो गाउँपालिकामा कृषी र पर्यटकीय लगायत क्षेत्रको विकास गरी समृद्धी तर्फ उन्मुख गराउने वताएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।