६० हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा

काठमाडौँ, देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् ।

अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय महिला उक्त क्षेत्रमा लागेको क्याप नेपालले जनाएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्ने कतिपय महिला श्रमिक यौन शोषणको सिकार बन्ने गरेकोमा उनीहरुलाई कसरी सम्मानित जिवन ज्ञापन गराउने बिषयमा क्याप नेपालले विगत १४ वर्षदेखि क्याप नेपालले काम गरिरहेको छ ।

धेरै होटल, रेष्टुराँ, दोहोरी, डान्सबार भएको क्षेत्र टोखा नगरपालिकाको गोँगबु क्षेत्रमा काम गर्ने महिलाहरुको हक अधिकारका लागि क्याप नेपालले आज टोखाका जनप्रतिनिधिसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अशिक्षा, बेरोजगार र चेतनाका कारण कतिपय महिला यौन हिंसाका सिकार बन्न पुगेको भन्दै यसलाई निरुत्साहित गर्न आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “बालहिंसा, महिला हिंसा, छाडा चौपाया नियन्त्रण आफ्नो प्राथमिकता हो ।”

उपप्रमुख ज्ञानमाया डङ्गोलले महिला हिंसा र बाल श्रमको प्रयोग कहाँ कसरी भइरहेको छ भन्ने बारे नगरपालिकाले तथ्याङ्क सङ्कलन गर्ने र बाल श्रममा लगाउने तथा महिला हिंसा गर्नेलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो ।

क्याप नेपालका अध्यक्ष भुपाल ढकालले आफ्नो संस्थाले १४ वर्षदेखि बाल हिंसा र महिला हिंसाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै २५ जनालाई उद्धार गरी पुनःस्थापना केन्द्रमा राखिएको बताउनुभयो । भूकम्पपछि रोजगारको समस्याका कारण विभिन्न सहरभित्र भित्रिएका महिला तथा बालबालिका बढी हिंसाको सिकार बन्न पुगेको क्याप नेपालले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖