महालक्ष्मी नगरपालिकामा एमालेले उम्मेद्धार घोषणा गर्यो, को-को परे लिष्टमा ? : यस्तो देखियो रौनक… (हेर्नुहोस् भिडियोसहित)
धनकुटा खबर, असार २ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले आज महालक्ष्मी नगरपालिकाको उम्मेद्धार घोषणा गरेको छ । सो नगरपालिकाको मेयरमा पर्शुराम नेपाल,उपमेयरमा मञ्जु अधिकारीको नाम सार्वजनिक गरेको छ ।
त्यस्तैगरी वडा नं १ को वडाध्यक्षमा टेक वहादुर गुरुङ्ग, २ नं वडाध्यक्षमा एत्न कटुवाल, ३ नं वडाध्यक्षमा चित्रमणी कार्की,४ नं वडाध्यक्षमा विनोद भण्डारी,५ नं वडाध्यक्षमा शिव कुमार तुम्वा,६ नं वडाध्यक्षमा डम्वर वहादुर कार्की, ७ नं वडाध्यक्षमा रुद्र तुम्वा ८ नं वडाध्यक्षमा राम वहादुर खड्का र ९ नं वडाध्यक्षमा वोधनाथ काफ्ले सहित वडा सदस्यहरु समेतगरी ४७ जना उम्मेद्धारकोे नाम घोषणा गरेको छ ।
घोषणा सभामा वोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य राम कुमारी झाक्रीले एकमाले नेतृत्वको सरकारले मात्र देशलाई निकास दिन सक्ने वताउनुभयो । साथै उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने माह्वल देखेर सत्ता पक्षले निर्वाचन पछि धकेली रहेको आरोप समेत लगाउनुभयो ।
त्यस्तै मेयर उम्मेद्धार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले जिते सो नगरपालिकामा सडकको स्तरोन्नती गर्दै सहायक वाटोहरु मुख्य वाटो सँग जोड्ने,सुविधा सम्पन्न हस्पिटको लागि पहल गर्ने, त्यहाँको मठमन्दिरको संरक्षण प्रवद्र्धन गर्दै विभिन्न जातजातीको संस्कार संकृती संरक्षका लागि संग्राहलय निर्माण गर्ने वतानुभएको छ ।
भिडियो हेर्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोस् >>>


