पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई गोर्खा सैनिकले पठाए यस्तो चेतावनी – भिडियो सहित
काठमाडौं, भारतीय सेनाको गोर्खा रेजिमेन्टमा रहेका जवानहरुले आवश्यक परे गोर्खाल्याण्डको लागि जागिरबाट राजिनामा दिएर युद्धमा होमिने सन्देश पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई पठाएका छन्। हातमा अत्याधुनिक हतियार बोकेका गोर्खासेनाले आफुहरुलाई पनि बन्दुक चलाउन आउने भन्दै भारतका लागि लडिरहेको समूदायलाई आतंककारीको बिल्ला नलगाउन चेतावनी दिएका छन्।
हवाइजहाजमा सवार रहेको अवस्थामा भिडियो सन्देश तयार गरि सामाजिक सञ्जालमार्फत उनीहरुले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका गोर्खाहरुलाई ताकी ताकी छाती र टाउकोमा गोली हान्ने बेनर्जी सरकारका बिरुद्ध १० देखि १२ हजारको संख्यामा रहेका गोर्खा रेजिमेन्टका सैनिकहरु उत्रिन बाध्य नपार्न भनेका छन्।
उनीहरुले कांग्रेसआई नेतृ सोनिया गान्धीलाई पनि मुखमा जे आयो त्यो नबोल्न र इतिहासको राम्रोसँग अध्यायन गर्न सुझाव दिएका छन्। उनीहरुको भनाई छ ‘गोर्खा को हुन् भन्ने बुझ्नु छ भने इतिहास पढ्न दार्जिलिङ आउ नत्र जथाभावी बोल्दै नहिड।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि दार्जिलिङको समस्या समाधान गर्न र गोर्खाहरुको मागलाई सम्बोधन गर्न केन्द्र सरकारबाट आवश्यक पहल कदमीको लागि सन्देशमा अनुरोध गरिएको छ। दुई मिनेट २४ सेकेन्डको उक्त भिडियो सन्देशका सुरु र अन्त्यमा उनीहरुले ‘भारत माता की जय’, ‘जय गोर्खाल्याण्ड’ भन्दै आफ्नो स्थिति र अडान स्पष्ट पारेका छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>>


