फिलिपिन्समा बन्दुकधारीद्वारा प्राथमिक विद्यालय कब्जागरी बालबालिका बन्धक

मारावी (फिलिपिन्स), ७ असार । फिलिपिन्सको एक विद्यालयका कैयौं विद्यार्थीलाई यहाँका हतियारधारीले बन्धक बनाएको खबर छ ।

सो जानकारी फिलिपिन्सको सेनाले बुधबार दिएको हो । बुधबार विद्यार्थीहरु विद्यालयमै रहेको मौकामा बन्दुकधारीले बन्धक बनाएको समाचारमा जनाइएको छ ।

फिलिपिन्सको सशस्त्र इस्लामिक समूहले एक प्राथमिक विद्यालयका साना नानीबाबुहरुलाई बन्धक बनाएको यहाँको सेनाले जनाएको हो ।

फिलिपिन्सको दक्षिणी भागमा अवस्थित एक ग्रामीण क्षेत्रको प्राथमिक विद्यालयलाई नै उनीहरुले नियन्त्रणमा लिएका छन् । विद्यालय बाहिर ठूलो सङ्ख्यामा हतियारधारीहरु रहेका बताइएको छ ।

बालबालिकालाई बन्धक बनाएको समाचार सेनाले दिएको छ । तर सो विद्यालयमा के कति विद्यार्थी छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यसअघि सयौँको सङ्ख्यामा आएका हतियारधारीले सो विद्यालयभन्दा केही पर रहेको एक सैनिक पोष्टमा हमला गरेका थिए । उनीहरुले त्यहाँ थुनामा रहेका केही व्यक्तिलाई निकालेर लगेका छन् ।

त्यसपछि उनीहरु सो विद्यालयमा हमला गर्न पुगेका थिए । यस विषयमा थप समाचार केही दिइएको छैन । विद्यार्थीलाई सकुशल रिहा गर्न सुरक्षाकर्मीले पहल थालेका बताइएको छ ।

बुधबार निकै लामो समयसम्म पनि उनीहरुलाई मुक्त गर्ने विषयमा सेनाले परामर्श गरिरहेको छ । तर पनि निष्कर्ष भने निस्किएको छैन । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖