‘१ हजार लाइक, नभए यसलाई तल झारिदिन्छु’

फेसबुकमा लाइक पाउने लोभमा आफ्नो बच्चालाई १५ औं तल्लामाथिबाट झुण्ड्याउने एक बाबुलाई अल्जेरियामा २ वर्षको जेल सजाय दिइएको छ ।

उनले आफू बस्ने भवनको १५ औं तल्लामाथि आफ्नो बच्चाको टिसर्ट समातेर झुण्ड्याई फेसबुकमा पोस्ट गरेको तस्बिरमा लेखेका थिए,‘१ हजार लाइक, नभए यसलाई तल झारिदिन्छु ।’

फेसबुक प्रयोगकर्ताहरूले अल्जेरियाको बब इजोउर शहरका भएको विश्वास गरिएका ती व्यक्तिमाथि बाल दुव्र्यवहारको आरोपमा मुद्धा चलाउनुपर्ने माग गरेका थिए ।

अधिकारवादीहरूले ती व्यक्ति बाबु नभई आतंकवादी भएको आरोप लगाउँदैं उनलाई न्यायको कठघरामा ल्याई कडा सजाय दिनुपर्ने माग गरेका थिए ।

ती व्यक्तिले अदालतमा पनि फेसबुकमा बढी लाइक पाउन त्यसो गरेको स्वीकारेका थिए । तस्बिरमा उनले बच्चाको जीवनप्रति बेवास्ता गर्दै देब्रे हातले झुन्ड्याएर दाहिने हातले तस्बिर खिचेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖