बाढीपहिरोमा परी चीनमा १४१ जना बेपत्ता

चेङडु (चीन) १० असार । चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन् ।

पहिरोले ४६ ओटा घरहरु पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी दिएका छन् ।

उच्च हिमाल क्षेत्रबाट झरेको पहिरोले तिब्बतीयन र क्विङ स्वशासित क्षेत्र हुदै छिन्मो गाँउमा विहान ६ बजेतिर नदि अवरुद्ध भएको थियो । पहिरोले १६ सय मिटर सडक पनि बगाएको छ ।

प्रदेश सरकारले घटनास्थलमा उद्धार तथा राहतका लागि उच्चप्राथमिकताका साथ उद्धारकर्ताहरु परिचालन गरेको छ ।

घटनास्थलमा तीन सयभन्दा बढी एक्जाभेटर र उद्धारका विभिन्न साधनहरु पनि पठाइएको सिचुआन प्रदेश सरकारी प्रवक्ता टाङ लिमिनले जानकारी दिनुभयो । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।