राज्यको ढुकुटीबाट भन्दा पनि बालकोटबाट वृद्ध भत्ता बाँडेर देखाउन ओलीलाई कोइरालाको चेतावनी

११ असार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् ।

कांग्रेसले मोरङको उर्लाबारीमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस पहिलो भएपछि एमालेको चुरीफुरी समाप्त हुने बताएका हुन् ।

उनले एमालेले पहाड र मधेसबीच द्वन्द्व सिर्जना गरेर देशलाई विखण्डनमा लैजान लागि परेको आरोप लगाए । कोइरालाले अब एमालेका विषयमा जनताले फैसला गर्नु पर्ने समय आएको बताए । कोइरालाले बृद्धभत्ताका नाममा धेरै राजनीति नगर्न एमालेलाई चेतावनी दिए ।

‘कांग्रेसले जम्मा गरेको राज्यकोषको ढुकुटीबाट बृद्धभत्ता बाँडेर एमालेले बाड्यो भनेर कति दिन राजनीति गर्नु हुन्छ ? केपी ओलीजी सक्नुहुन्छ भने बालकोटबाट बाँडेर देखाए हुन्छ,’ उनले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।