भारतीय र चीनियाँ सैनिकबीच सिमानामा कुटाकुट (भिडियो सहित)
चिनियाँ जनमुक्ति सेनाको टोली र भारतीय सेनाको टोलीबीच सिक्किमको सिमाक्षेत्रमा कुटाकुट भएको छ । सिक्किम क्षेत्रमा भारततर्फ पसेका चिनियाँ सेनाले भारतीय सैनिकलार्इ कुटपिट गर्दै २ वटा बंकर पनि भत्काइदिएका छन् ।
समाचार स्रोतलार्इ उधृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार सिक्किमको डोका ला क्षेत्रमा दुवै देशमा सेना पछिल्लो १० दिनदेखि आमने-सामने रहेका छन् । चिनियाँ सैनिकले कैलाश मानसरोवरतर्फ बढिरहेका भारतीय तीर्थयात्रीको एउटा समूहलार्इ पनि रोकिदिएका छन् ।भिडियो हेर्नुहोस्
चिनियाँ सैनिकलार्इ भारतीय भूमिमा छिर्न नदिन भारतीय सैनिकले कडा संघर्ष गर्नुपरेको बताइएको छ । पिएलएलार्इ रोक्नका लागि भारतीय सैनिकको समूले लाइन अफ ऐक्चुअल कन्ट्रोल (एलएसी) मा मानव पर्खाल बनाएर उभिएका थिए । केही सैनिकले त्यो बेलाको भिडियो समेत खिचेका छन् ।
चिनियाँ सैनिकले डोका लाको लालटेन इलाकामा भारतीय सैनिकका दुर्इवटा बंकर पनि भत्काइदिएका छन्। २० जुनमा दुवै पक्षका उच्च अधिकारीबीच वार्ता पनि भएको थियो तर तनाव बढिरहेको छ । भारतीय पक्षले चिनियाँ सेनाले पटक पटक सीमाको उल्लंघन गरेको जिकिर गरेको छ । भुटान र तिब्बतको क्षेत्रको इलामा चिनियाँ सैनिकले नोभेम्बर २००८ मा भारततर्फ पसेर भारतीय सेनाको बंकर भत्काइदिएका थिए ।
भारतले चीनसँग लामो समयदेखि सिमानाबारे विवाद गरिरहेको छ । भारतीय सिमा सुरक्षा बल नेपालमा छिरे जस्तै चिनियाँ सेना पनि भारतीय भूमिमा छिर्ने गरेको छ।
भारत र चीनबीच चार हजार किलोमिटर भन्दा धेरै रहेको छ । जसमा तीन क्षेत्र पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा बाँडिएका छन् । पूर्वी क्षेत्रमा अरुणाचल प्रदेशको भाग पर्दछ । जसको ९० हजार वर्ग किलोमिटर इलाकामा चीनले दाबी गरिरहेको छ । मध्य क्षेत्रमा उत्तराखण्ड, हिमाचल र सिक्किम रहेका छन् ।
यी इलाकामा पनि उत्तराखण्डको बाराहुती क्षेत्रमा चीनले दाबी गरिरहेको छ । पश्चिमी क्षेत्रमा लद्दाख र अक्साई चीनको क्षेत्र रहेको छ। चीनले सन् १९६२ को लडाइँमा अक्साई चीनको ३८ हजार वर्ग माइल क्षेत्रमा कब्जा जमाएको थियो ।


