यी अभागी बाबु जस्ले २ बर्षीय जीऊदो छोरीको लागि खाल्डो खनेर राखे, यस्तो छ रहस्य… (भिडियो सहित)

एजेन्सी । एउटा यस्तो घटना अहिले सामाजिक संजालमा भाइरल बनेको छ जुन घट्ना सुन्दैमा चकित पर्न सकिन्छ । जति तपाई चकित पर्नु हुन्छ त्यो भन्दा पनि अर्को पाटो त तपाई आफ्नो मन थाम्न सक्नु हुदैन जुन घट्नाको बारेमा सबै थाहा पाइसके पछि । संसारमा यस्ता अभागी बाबु आमा पनि हुने रहेछन जस्ले भोग्नु पर्छ नसोचेको पिडा । तपाई कल्पना पनि गर्न सक्नु हुदैन आफ्नै आमा बाबुले आफ्नै जिउदै छोराछोरीको चिता पहिले नै तयार पारि राखेको होस् । तर अब त्यो पनि रहेन कल्पना गर्ने मात्र होइन सत्य सावित नै गरिदियो संसारमा आफ्नै आमा बुवाले आफ्नै जिउदो छोरीको लागि खाल्डो खनेर राखी आफ्नै छोरीलाई त्यहि सुताएको ।

हो अहिले चीनका एक पिताले आफ्नो जीवित २ बर्षीय छोरीको लागि अहिले नै चिहान खनेका छन् । सिचुवान राज्यको झिंगलेइ गाउँका यी झाङ लियोङ भन्ने ब्यक्ती आफ्नी छोरीको मृत्युको प्रतिक्षा गरिरहेका छन् । उनकी छोरी अहिले उनकै लागि आफ्नै पिताद्धारा खनिएको चिहानमा खेल्छन् । किन यि मानिसले यसो गरे होलान् भन्ने जिज्ञासामा झाङ भन्छन् – मलाई यसो गर्दा आफ्नो र आफ्नी छोरीको दुःख कम भएको जस्तो महसुस हुन्छ ।

आर्थिक अबस्था त्यति राम्रो नभएका किसानी झांग लियांगले आफ्नी छोरी जिनलेइको उपचारका लागि १००,००० युआन भन्दा बढी खर्च गरी सकेका छन् । ब्लड डिसअर्डरबाट पीडित जिनलेइ जन्मेको दुई महिनापछि उनको जाँच गराउँदा उनलाई यस्तो रोग लागेको परिवारले थाहा पाएको थियो । त्यसपछि जिनलेइको निरन्तर उपचार भइरहेको छ । उनलाई हप्तामा दुई पटक रगत दिनुपर्ने हुन्छ । जसका कारण लियांक चुर्लुम्म ऋणमा डुबिसकेका छन् । उनलाई अहिले आफन्त लगायतका अन्य मानिसहरुले ऋण दिनै छाडेसकेका छन् । अन्तत छोरीको उपचार गर्दागर्दै आजित भएका झाङ छोरीको मृत्यु पूर्व नै चिहान खन्ने निर्णयमा पुग्न बाध्य भएका छन् । जिनलेइको उपचार गराइरहेका चिकित्सकहरु भन्छन् –‘उनी अब मुस्किलले एक वर्ष मात्र बाँच्छिन् ’ ।

हेर्नुहोस आफ्नो जीवित छोरीका लागि चिहान खन्दै गरेको यो मनै रुवाउने तस्विरहरु अनि त्यसको तल हामीले भिडियो पनि राखेका छौ हेर्नुहोला

https://youtu.be/Hmt8USL1WMQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।