भरतपुरकाण्ड दोहोरिन नदिन घोराही र राप्तीमा यस्तो जुक्ति
भालुवाङ (दाङ), १५ असार । चितवनको भरतपुर उपमहानगरपालिकामा मतपत्र च्यातिएको घटनाबाट पाठ सिकेर दाङमा मतगणनामा संलग्न कर्मचारीहरूले विशेष सुरक्षा अपनाएका छन् ।

दाङको घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिकामा मतणना गर्ने कर्मचारी र उम्मेदवारका प्रतिनिधिलाई अलग अलग बस्ने व्यवस्था मिलाइएको छ ।
प्रतिनिधिलाई मतपत्र देख्न गरेर नजिकै राखिए पनि विशेष तारजाली र डोरीको घेराबन्दी गरिएको हो ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका प्रतिनिधिहरूले मतपत्र च्यातेर बबण्डर मच्चाएपछि मतगणनामा संलग्न कर्मचारीहरूले यसपटक आफै विशेष सुरक्षासर्तकता अपनाएका हुन् ।


