उदयपुरमा फेरी एमालेले गाड्यो लाल झण्डा, तीन वटा वडामा एमालेको प्यानलै विजयी

उदयपुर, उदयपुरको उत्तरपश्चिमी ताप्ली गाउँपालिकाका १ र २ नम्बर वडा र रौतामाई गाउँपालिकाको १ नम्बर वडामा एमालेको प्यानलै वजयी भएको छ। वडा नं. १ को वडा अध्यक्षमा गोविन्दविक्रम सेन ४३६ मत प्राप्त गरी विजयी भएका छन् भने महिला सदस्यतर्फ एमालेकी धनमाया मगर, दलित महिला सदस्यमा मनमाया विक, खुला सदस्यमा तेजबहादुर मगर र दुर्गाबहादुर सुनुवार विजयी भएका छन्।

त्यस्तै वडा नं. २ मा एमालेका धर्मध्वज राई ३२४ मत प्राप्त गरी विजयी भएका छन्। महिला सदस्यमा लक्ष्मीदेवी राई, दलित महिला सदस्य तुलमाया सार्की, खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र दीपेन्द्रकुमार राई विजयी भएका छन्।

त्यसैगरी गाउँपालिकाको अध्यक्षतर्फ स्वतन्त्र उम्मेदवार पदम तामाङ अग्रस्थानमा छन्। तामाङले २७५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका उद्धवसिंह थापाले पछ्याइरहेका छन्। थापाले १९२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डिकबहादुर ज्यु ठकुरीले १३६ र माओवादी केन्द्रका ढडुंगराज विकले १०४ मत प्राप्त गरेका छन्। उदयपुरका आठ स्थानीय तहमध्ये छवटा स्थानीय तहमा मतगणना जारी छ।

त्यसैगरी रौतामाई गाउँपालिकाको वडा नम्बर १ मा एमालेकै रुद्रबहादुर कार्कीको प्यानल विजयी भएकाे छ ।

यहाँका चार नगरपालिकामध्ये बेलका, चौदण्डी, त्रियुगा, कटारी नगरपालिकामा मतगणना भइरहेको छ। बेलका, चौदण्डी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। त्रियुगा र कटारी नगरपालिकाको मत परिमाण सार्वजनिक गरिएको छैन।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।