५ नम्बर प्रदेश का १०९ तहमा को अघि ? यस्तो छ नालीबेली…

काठमाडौं, असार १५ । प्रदेश नं. ५ मा ४ उपमहानरगपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् । यहाँका १२ वटै जिल्लामा मतगणना भइरहेको छ । मतगणनाको पछिल्लो अवस्था यस्तो छ ।

– बर्दियाका ८ वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया र गेरुवा गाउँपालिका गरी ४ तहमा माओबादीले अग्रता लिएको छ । यसैगरी गुलरीया नगरपालिका, बासँगढी नगरपालिका र बढैया गाउँपालिका गरी ३ तहमा एमालेले अग्रता लिएको छ । एउटा नगरपालिका राजापुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ

– पाल्पाका १० वटा स्थानिय तहमध्ये एमालेले ६ र नेपाली कांग्रेसले ३ तहमा अग्रता लिएका छन् । रामपुरमा भने केहिबेरअघि मात्रै मतगणना सुरु भएको छ । पाल्पाको तानसेन नगरपालिका, पुर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैना छहरा गाउँपालिका र रम्भा गाउँपालिकामा अग्रता लिएको छ । यस्तै नेपाली कांग्रेसले बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र माछागढी गाउँपालिकामा अग्रता लिएको छ । पाल्पाका २ वटा वडामा कांग्रेस र एउटामा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

– रोल्पाका १० वटा स्थानिय तहमा मतगणना भैरहेको छ । रोल्पामा माओवादीले ७ वटामा, कांग्रेसले २ वटामा र एमालेले एउटा तहमा अग्रता लिएको छ । माओवादीले थवाङ गाउँपालिका, दुइखोली गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा अग्रता लिएको छ । यस्तै नेपाली कांग्रेसले सुर्वणवती गाउँपालिका र लुंग्री गाउँपालिका तथा एमालेले सुकिदह गाउँपालिकामा अग्रता लिएका छन् । रोल्पाको माडी गाउँपालिका १ नं. वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ

–अर्घाखाँचीका ६ स्थानीय तहको मतगणना जारी रहेको छ । अर्घाखाँचीमा ३ तहमा कांग्रेस, २ तहमा एमाले र १ तहमा राष्ट्रिय जनमोर्चाले अग्रता लिएका छन् । अर्घाखाँचीको शितगंगा, छत्रदेव र पाणीनीमा कांग्रेसले अग्रता लिएको छ । यस्तै मालारानी र सन्धीखर्कमा एमाले अघि छ भने भुमिकास्थानमा राजमो अघि रहेको छ ।

–रुकुमका ३ वटा स्थानिय तहमा मतगणना भैरहेको छ । मतपेटिका संकलनमा ढिलाइ भएपछि दिउँसो मात्र गन्न सुरु गरिएको थियो ।

–प्युठानका ९ वटा तहमध्ये ५ वटामा एमाले अघि ५ । नौबहनी गाउँपालिका, सरुमारानी गाउँपालिका ऐरावती, गाउँपालिका, माण्डवी गाउँपालिका र झिमरुकमा एमालले अग्रता लिएको छ । यस्तै स्वर्गद्धारी नगरपालिकामा राजमोले अग्रता लिएको छ भने मल्लरानी गाउँपालिकामा माओवादी राजमो गठबन्धनका उम्मेद्वार अघि छन् । प्यूठान नगरपालिकामा माओवादी केन्द्रका उम्मेद्वार र गौमुखी गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

–बाँकेमा ८ वटा स्थानिय तहमध्ये ३ वटामा एमाले, ३ वटामा कांग्रेस, एउटामा राप्रपा र अर्कोमा संघिय समाजवादी फोरमले अग्रता लिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा एमालेका उम्मेद्वारले १३७ सहित अग्रता बनाएका छन् । यस्तै एमालेले खजुरा र बैजनाथपुरमा अग्रता लिएको छ । कांग्रेसले भने कोहलपुर नगरपालिका, राप्ती सुनारी गाउँपालिका र दुदुवमा अग्रता लिएको छ भने, संघिय समाजवादी फोरम नेपालले नरैनापुर र राप्रपाले जानकी गाउँपालिकामा अग्रता लिएको छ ।

–दाङका १० स्थानीय तह मध्ये ९ स्थानीय तहको मतगणना जारी छ । जारी मतगणनामा एमाले ४ स्थानमा, काग्रेस ४ स्थानमा र माओवादी केन्द्र २ स्थानीय तहमा अघी छन । दाङका दुइ उपमहानगरपालिका घोराही र तुल्सीपुरमा एमाले अघी छ । त्यस्तै, गढवा र दंगीशरणमा पनि एमाले अघी छ । लमही नगरपालिका, बंगलाचुली र राप्ती गाउँपालिकामा काग्रेस अघी छ भने राजपुर र शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । फर्जी मत हालेको भनेर बिवादमा रहेको बबइ गाउँपालिकामा भने अहिलेसम्म पनि मतगणना शुरु भएको छैन । सहमतिको प्रयास जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङमा माओवादी चार, एमाले र काग्रेस एक एक वडामा बिजयी भएका छन् ।र

–नवलपरासी ७ वटा मध्ये ४ मा कांगेस, २ वटामा संघिय समाजवादी फोरम, र एउटामा एमालेले अग्रता लिएका छन् । कांग्रेसले प्रतापपुर गाउँपालिका, बर्दघाट, सुनवल र रामग्राम नगरपालिकामा अग्रता लिएको छ । पालीनन्दन र सरावलमा संघिय समाजवादी फोरमले र सुस्तामा एमालेले अग्रता लिएको छ । यस्तै नवरपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेस प्यानल, २ मा एमाले प्यानल, ३ मा माओवादी र ४ मा लोकतान्त्रिक फोरम विजयी भएका छन् ।

–गुल्मीमा १२ स्थानीय तहको मतगणना भैरहेको छ । यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेसले एक नगरपालीका सहित आठ गाउँपालीकाहरुमा आफ्नो अग्रता कायम गरेको छ । काँग्रेसले रेसुङ्गा नगरपालीका सहित, चन्द्रकोट,कालीगण्डकी, छत्रकोट, गुल्मी दरवार, ईस्मा र मालीका गाउँपालीकामा अग्रता लिएको छ । त्यसैगरि एमाललेले मुसिकोट नगरपालीका सहित रुरु र धुर्कोट गाउँपालीकामा अग्रता लिएको छ । गुल्मीका १२ स्थानीयह तहहरु मध्य मदाने गाउँपालीकामा भने विहिवार वेलुकीसम्म पनि मतगणना शुरु हुन सकेको छैन ।

बुुधवार रातिदेखि केही गाउँपालीकाहरुमा मतगणना शुरु गरिए पनि नतिजा आउने क्रम भने ढीलो भएको छ । रात भरनै मतगणना जारी रहने र संभवतह शुक्रवार रातीसम्ममा गणना भएका सवै नगरपालीका र गाउँपालीकाहरुको सम्पूर्ण नतिजा घोषणा हुने मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले बताउनु भएको छ । रेसुङ्गा नगरपालीकामा वडा नम्बर १, र १४ मा वार्ड अध्यक्ष सहित काँग्रस प्यानल विजयी बनेको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले बताउनु भएको ।

–कपिलवस्तुका १० वटा स्थानिय तहमध्ये कांग्रेसले ४ वटामा अग्रता लिएको छ । एमालेले २ ठाउँमा अग्रता लिएको छ । कपिलवस्तुमा राप्रपा एकठाउँमा अघि छ भने स्वतन्त्र उम्मेद्वारले पनि एकठाउँमा अग्रता लिएका छन् । यसोधरा गाउँपालिकामा माओवादीले अग्रता लिएको छ भने मायादेवी गाउँपालिकामा संघिय समाजवादी फोरमले अग्रता लिएको छ ।

–रुपन्देहीका १२ वटा मध्ये ११ वटा तहमा मतगणना भैरहेको छ । ११ वटा मध्ये ४ वटा तहमा नेपाली कांग्रसले अग्रता लिएको छ । एमाले ३ तहमा अग्रता लिएको छ भने संघिय समाजवादी फोरम नेपालले २ तहमा, राप्रपाले एक तहमा र स्वतन्त्र उम्मेद्वारले १ तहमा अग्रता लिएका छन् । बुटवल उपमहानगरपालिकामा माओवादी कांग्रेस गठबन्धनका उम्मेद्वार खेलराज पाण्डेयले ९ सय ७७ मत लिएका छन् भने एमालेका शिवराज सुवेदीले ५ सय ९४ मत पाएका छन् । रुपन्देहीको देवदह, समरीमाइ र सिद्धार्थनगरमा कांग्रेसले अग्रता लिएको छ ।

यस्तै तिलोत्तमा, सैनामैना र कञ्चनमा एमाले अघि छ । यस्तै लुम्विनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार, शुद्धोधन गाउँपालिकामा संघीय समाजवादी फोरम र सियारी गाउँपालिकामा राप्रपा अगाडि रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।