धरानदेखि धनगढीसम्म कांग्रेसको अग्रता, ३ उपमहानगरमा एमाले अगाडि, यस्तो छ साँझ सम्मको नतिजा परिणाम…

काठमाडौं, १५ असार । दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएका कुल ७ वटा उपमहानगरको मत परिणामबारे धेरैको ध्यान तानिएको छ । विहीबार मतगणना सुरु हुँदा ७ महानगर मध्ये नेपाली कांग्रेसले ४ वटा र एमालेले ३ वटामा सुरुवाती अग्रता लिएका छन् ।

एमालेको पकड मानिएको र संविधान संशोधनविरुद्ध आन्दोलनको केन्द्रका रुपमा रहेको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

त्यसैगरी पूर्वको इटहरी र धरान नगरपालिकामा पनि सुरुको चरणमा कांग्रेसले नै अग्रता लिएको छ । तर, यो अग्रता निकै झिनो छ ।

नेपाली कांग्रेसले पश्चिमको धनगढी उपमहानगरपालिकामा पनि सुरुदेखि नै अग्रता लिएको छ । नेकपा एमालेले दाङका दुबै उपमहानगर घोराही र तुलसीपुरमा अग्रता लिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा पनि एमालेले नै शुरुवाती अग्रता लिएको छ ।

तथापि मतगणनाको सुरुमा देखिएको यही अग्रतालाई आधार मानेर विश्लेषण गर्न चाहिँ सकिँदैन । ७ महानगरमध्ये कुन दलले कति जित हासिल गर्लान् भनेर अहिले नै बताउन सकिने स्थिति छैन । तथापि उपमहानगरमा कांग्रेस र एमालेबाहेक अरु दलको जीतको सम्भावना कमै देखिएको छ ।

विहीबार साँझसम्म उपमहानगरपालिकाहरुको रिपोर्ट यस्तो छः

१. धरान उपमहानगरपालिका

मेयर/उपमेयर : कांग्रेस-२८/२८ = एमाले- १०/११ = माओवादी-६/६

२. इटहरी उपमहानगरपालिका

मेयर/उपमेयर : काङ्ग्रेस २२४ \ २३४ = एमाले १९७ \ १८७

३. बुटवल उपमहानगरपालिका

मेयर : कांग्रेस ७११ = एमाले ४६४
उपमेयर : माओवादी ४९५ = एमाले ५२८

४. घोराही उपमहानगरपालिका

मेयर/उपमेयर : एमाले ३५३/३५३ = कांग्रेस- १६२/१६२ = माओवादी-५४/५४ = राजमो- १८/१८

५. तुलसीपुर उपमहानगरपालिका

मेयर : एमाले : ९८४ = कांग्रेस: ६९९ = माओवादी ११३

६. नेपालगन्ज उपमहानगरपालिका

मेयर/उपमेयर : एमाले १४२\१५० = कांग्रेस १३०\१३५ = माओवादी केन्द्र ६०\५९ = राप्रपा ११०\९८ = संघीय समाजबादी फोरम २६ \ २६

७. धनगढी उपमहानगरपालिका

मेयर/उपमेयर : कांग्रेस १२२/१२१ = एमाले १३६/१३८ = राप्रपा ८७ / ८७ = माओवादी केन्द्र ५७/ ५७



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।