एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, मतगणना प्रतिनिधिसहित तीन घाइते

बझाङ, १५ असार । स्थानीय निर्वाचनका सन्दर्भमा आपसी विवाद हुँदा छबिस पाथिभेर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का कार्यकर्ताबीच आज झडप भएको छ ।

झडपमा मतगणना प्रतिनिधिसहित तीन घाइते भएका छन् भने छजना केन्द्रका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेमध्ये वडा नं– ५ का मतगणना प्रतिनिधि एवम् अनेरास्वियुका केन्द्रीय सम्पर्क विभागका सचिव सागर भट्टको खुट्टा भाँचिएको छ । यस्तै एमालेका कार्यकर्ता सुवास भट्टको टाउँको र कानमा चोट लागेको छ, भने अर्का कार्यकर्ता सिद्धराज थापाको हात भाँचिएको प्रहरीले जानकारी दिएको छ ।

हिजो साँझ मदिरा खाएर होहल्ला गरिरहेका माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिन आफूहरुले प्रहरीलाई खबर गरेको र त्यही रिसमा आज केन्द्रका कार्यकर्ताले आक्रमण गरेको घाइते भट्टले बताउनुभयो ।

केन्द्रले जिल्ला बाहिरबाट गुण्डा मगाएर आफूहरुलाई कुटाइएको आरोप लगाएको छ । यता माओवादी केन्द्रका सांसदजनक बुढाले दोहोरो झडपमा आफ्ना तर्फका पनि पाँचजना कार्यकर्ता घाइते भएको र ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।
प्रहरी निरीक्षक रामबहादुर चन्दले झडपले उग्ररुप लिएपछि लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।