अपडेट : को-को कहाँ बाट बिजयी भए ?

– सोलुखुम्ब जिलाको लिखुविके गाउँपालिकामा नेकपा माओवादी अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी ।

– रुकुमको सिस्‍ने गाउँपालिकाको वडा नं ८ मा माओवादी केन्द्रका खर्कसिंह थापा ५४८ मत ल्याएर प्यानलसहित विजयी ।

– बैतडी पाटन– १ नगरपालिका– ७ को अध्यक्ष पदमा एमालेका ललितबहादुर चन्दले ३२७ मत ,हरिदत्त भट्टले २३४ मत ल्याएर विजयी ।

– मिक्लाजुङ १ मा वडाध्यक्ष एमालेका नरबहादुर राई ४४७ मत प्राप्त गरी विजयी ।

– डोटी शिखर नगरपालिका– १ मा वडाका काँग्रेस खड्कबहादुर शाही ६३३ मत विजयी ।

– प्रधामन्त्री शेरबहादुर देउवाले मतदान गरेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका – १ मा कांग्रेसका चेतराज भट्टले ९१५ मत ल्याएर प्यानल विजयी ।

– दार्चुलाको अपीहिमाल गाउँपालिका वडा नम्बर १ को कांग्रेसका धनसिंह जागरी र वडा नम्बर २ को एमालेका मानसिंह धामी विजयी।

– बझाङको काँडा गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका राजेन्द्रबहादुर धामी ३९४ मत ल्याएर विजयी ।

– रुपन्देहीको शुद्धोधन – १ बाट फोरमले खाता खोल्यो, सम्मरीमाई -१ मा कांग्रेस विजयी ।

– दाङको दंगीशरण गाउँपालिका १ को वडाध्यक्षमा एमालेका श्रीप्रसाद चौधरी ३९७ मतका साथ विजयी।

– डोटीको के .आई.सिंह गाउँपालिका वडा नं. १ अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्णबहादुर बम ३२४ मत ल्याएर विजयी ।

– दाङमा कांग्रेसले खाता खोल्यो। बंगलाचुली -१ कांग्रेसका पदम केसीको प्यानल विजयी ।

– दाङको राजपुर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका विष्णु बुढा ४०१ मत प्राप्त गरेर प्यानल नै विजयी

– महाकाली नगरपालिका– १ मा नेपाली काँग्रेसको पुरै समूह विजयी ।

– दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा एमालेका भवानसिंह धामी ३५६ मत ल्याएर वडाध्यक्षमा विजयी।

– प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका उम्मेदवार दानबहादुर खड्का ४८० मत ल्याएर प्यानलसहित विजयी ।

– बर्दिया बासगढ़ी नगरपालिका वडा न -१ मा नेकपा माओबादी बिजयी

– उदयपुरको ताप्ली गाँउपालिकाको वडा नम्बर १ र २ नेकपा एमालको प्यानल नै विजयी

– डडेलधुराको अमरगढी नगरपालिका वडा न ११ मा ३६३ मत ल्याएर एमालेको प्यानल नै विजयी ।

– गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका रामलाल विश्वकर्मा विजयी।

– गुल्मी दरबार गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी।

– गुल्मी।गुल्मी दरबार गाउँपालिका ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका टोपबहादुर बस्नेत ८३० मत ल्याएर विजयी।

– भोजपुर गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी

– बैतडीको पुर्चौडी गाउँपालिका वडा नं. १ बाट कांग्रेस उम्मेदवार विजयी। वडा अध्यक्षमा निर्वाचन गणेशबहादुर गडाल ४२९ मत ल्याएर विजयी

– खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी

– दार्चुलाको लेकम गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा कांग्रेसका दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए।

– दाङमा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।

– बाजुराको बडिमालिका गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानलै विजयी ।

– रोल्पा जिल्लाबाट कांग्रेसले खाता खोल्यो । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी । निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत । माओवादीका खुशलसिंह विकको १९९ मत ।

– बझाङको मस्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल ।

– बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमाले विजयी

– बाजुरा बडिमालिका नगरपालिका वडा नं. १ को मत गणना सकियो ,नेपाली कांग्रेसका रामबहादुर कार्की वडा अध्यक्षमा विजयी

– नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेस प्यानल विजयी

– बझाङमा एमाले र माओवादीका वडाअध्यक्ष निर्वाचित बझाङ : बझाङको काँडा गाउँपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका गोपाल बोहरा सहितको प्यानल विजयी भएको छ । त्यस्तै थलारा गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका धर्मराज भट्टको प्यानल विजयी भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖