धनकुटाको चौविसे गाउँपालिका ८ मा एमालेको प्यानलै विजयी, अन्य कहाँ को-को बिजयी ?
धनकुटा खबर,१६ असार । धनकुटाको चौविसे गाउँपालिका वडा न.८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष उम्मेदवार धनवहादुर खजुम लिम्व ६०४ .मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ निकटतम प्रतिद्धन्द्धी संघिय समाजवादी पार्टीका उम्मेदवार गंगा चेम्जोङ्गले ५५१ मत प्राप्त गर्नुभएको छ । निर्वाचित सदस्यहरुमा लक्ष्मी माया मगर,भोजना दर्जी टिकाराम खड्का,यमवहादुर मगर रहनुभएको छ ।
पाख्रीवास नगरपालिकाको वडा न.३ मा नेकपा एमालेका उम्मेदवार सुन्दरलाल तामाङ्ग वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । ४ सय १२ मत प्राप्त गरि तामाङ्ग सहित नेकपा एमालेको प्यानल विजयी भएको छ । उहाँ निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र लिम्वुले ३ सय ६३ मत प्राप्त गर्नुभएको छ । निर्वाचित सदस्यहरुमा सरोज राई,मानवहादुर महत,देवी माया वस्नेत र लक्ष्मी परियार रहनुभएको छ ।
यस्तै छथरजोरपाटी गाउँपालिकाको वडा न.१ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार पोखमान आले मगर निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ४४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका गोविन्द लिम्वुले २ सय ५० मत प्राप्त गर्नुभएको छ ।
यस्तै वडा न. २ मा नेकपा माओवादी केन्द्रका कृष्णकुमार मगर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ९९ मत प्राप्त गर्नुभएको छ उहाँ निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका ईन्द्र सारु मगरले ४ सय ९८ मत प्राप्त गर्नुभयो । १ मत अन्तरले मगर विजयी हुनुभएको छ ।
चौविसे गाउँपालिकाको वडा न.२ मा नेकपा माओवादी केन्द्रका ममिन्द्र लिम्वु वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा न.७ मा संयुक्त गठवन्धनवाट नेपाली काग्रेसका दुर्गा सुवेदी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

