धनकुटाको छथरमा एमाले बिजयी

धनकुटा खबर, असार १७ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमालले बिजय हाँशिल गरेको छ । अध्यक्षमा शेरबहादुर लिम्बुले ३ हजार ३ सय ४९ र उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठले ३ हजार २ सय ८९ मत ल्याएर बिजयी भएका छन् ।

उनीहरुको निकतम प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका बिष्णु पारघरी लिम्बुले १ हजार ५ सय ३१ र केन्द्रकै गीता गुरुङ्ग (लिम्बु) ले २ हजार ७३ मत पाएका छन् ।

६ वटा वडा भएको यो गाउँपालिकामा वडा नं.२ मा माओवादी केन्द्रका,कृष्ण मगरले अध्यक्ष जितेका छन् । अन्य सबै वडामा क्रमश वडा अध्यक्षमा पोकमान मगर, ज्ञान बहादुर लिम्बु,टेक बहादुर घिसिड,दिल बहादुर थापा र सुरेन्द्र लिम्बुले जितेका छन् ।

१० हजार ७ सय ३७ मतदाता रहेको यो गाउँपालिकामा खसेको ७ हजार ६ सय ७२ मत मध्ये २ सय ७० मत बदर भएको निर्वाचन कार्यालय छथरले जानकारी दिएको छ ।

यो जीत संगै धनकुटाको ७ तह मध्ये एमालले ३ तहमा जीत हाँशिल गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।