भारतका रक्षा विशेषज्ञ भन्छन्,- चीनसँग टक्कर लिनु भारतका लागि महँगो सावित हुनेछ

नयाँ दिल्ली, असार १७ । भारत र चीनबीच सीमा विवाद बढिरहेको समयमा भारतीय रक्षा विशेषज्ञले चीनसँग टक्कर लिनु भारतका लागि महँगो पर्ने चेतावनी दिएका छन् ।

भारतले सीमा क्षेत्रमा बनाएका चारवटा बंकर चिनियाँ सेनाले ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय सेनाले बंकर बनाएको भन्दै ती बंकर चिनियाँ सेनाले भत्काइदिएको हो ।

चिनियाँ सेनाले भारतलाई सन् १९६२ को युद्धबाट पाठ सिक्न चेतावनीसमेत दिएको छ । चिनियाँ सेनाको सोही चेतावनीको प्रतिक्रियास्वरुप भारतका रक्षा मन्त्री अरुण जेटलीले सन् १९६२ को भारत र सन् २०१७ को भारतमा धेरै फरक रहेको बताएका थिए ।

तर रक्षा मन्त्री जेटलीको सो भनाइप्रति भारतीय रक्षा विशेषज्ञले प्रतिक्रिया जनाउँदै चीनसँगको टक्कर भारतका लागि निकै महँगो पर्ने चेतावनी दिएका हुन् । रक्षा विशेषज्ञ राहुल बेदीले भनेका छन्, ‘मन्त्री जेटलीले के आधारमा यो कुरा भनिरहनु भएको छ, मैले बुझ्न सकेको छैन ।’

सैन्य शक्तिको मामलामा भारत चीनभन्दा निकै पछि रहेको बेदीले बताए । उनले भने, ‘चीनले आफ्नो क्षेत्रमा आधारभूत ढाँचा निकै बलियो बनाइसकेको छ, भारतको तुलनामा चीन आधारभूत ढाँचामा सय प्रतिशत बढी छ ।’

बेदीका अनुसार चीनलाई धम्की दिनका लागि भारतसँग कुनै बलियो आधार छैन । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।