चीनका राष्ट्रपतिले टेलिफोन वार्तामा भने,- अमेरिकाको नकारात्मक गतिविधिका कारण समस्या आयो

वेइजिङ् (चीन), १९ असार । चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबार गरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताउनु भएको छ ।

अमेकिरी नौसैनिक जहाज चिनियाँ इलाकामा प्रवेश गरेपछि चीनले हालै उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो । सम्भवतः यसै विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले गरिएको फोन वार्तामा चिनियाँ राष्ट्रपति सीले सम्बन्ध सुमधुर राख्न केही अमेरिकी गतिविधि समस्या बन्ने गरेको बताएको चिनियाँ स्रोतले जनाएको छ।

दुई शक्तिशाली विश्व नेताबीच भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग फ्लोरिडामा गत अप्रिलमा भएको भेटले महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभएको थियो । सोही समय राष्ट्रपति सीले केही नकारात्मक गतिविधिका कारण सम्वन्धलाई बेलाबेला प्रभावित तुल्याउने गरको भन्दै चीनले अमेरिकालाई हेर्ने दृष्टिकोण यसअघि नै राखिसकेको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

उक्त कुराकानीका अवसरमा चिनियाँ राष्ट्रपति सीले अमेरिकाले एक चीन नीतिको सम्मान गर्ने विश्वास व्यक्त गर्नुभएको बताइएको छ ।

सीले अमेरिकीले ताइवान विषयलाई एक चीन नीतिमा आधारित भएर तदनुरुप कामगर्ने आग्रह गर्नुभएको बताइएको छ ।

दुई नेताबीच कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त कोरियाद्वारा निरन्तर आणविक हतियार र क्षेप्यास्त्र बनाउने कार्यक्रमलाई अघि बढाएको बताउँदै दुबै देशको सहकार्यलाई प्योङयाङ बढाएको बताउँदै दुबै देशको सहकार्यलाई आणविक हतियार मुक्त गराउनु पर्ने विज्ञप्तिमा जनाइएको छ ।

चीनले अमेरिकी व्यवसायिक साझेदारसँग ट्रम्पले सन्तुलित व्यवापारिक सम्बन्धलाई अघि बढाउनुु आग्रह गरेको पनि विज्ञप्तिमा जनाइएको छ । यद्यपि विज्ञप्तिमा ताइवान बारे केही जनाइएको छैन । रासस÷पिटिआई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।