धनकुटा नगरपालिकाको प्रमुख तथा उप-प्रमुख पदमा उम्मेदवारी दिएका १० जना उम्मेदवारको जमानत जफत
धनकुटा खबर, २० असार । स्थानिय तहको निर्वाचनमा धनकुटा नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिएका १० जना उम्मेदवारको जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार धनकुटा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका ५ जना र उप्रमुखमा उम्मेदवारी दिएका ५ जना उम्मेदवारको जमानत जफत भएको हो ।
जमानत जफत हुने प्रमुख पदका उम्मेदवारहरुमा नयाँ शक्ति पार्टी नेपालका गणेश पोख्रेल,राष्टिय प्रजातन्त्र पार्टीका बालनन्द भुर्तेल, संघिय लोकतान्त्रिक राष्टिय मञ्चका इन्द्रबहादुर रसाईली, राष्टिय जनमोर्चाका कैलाशमान पौडेल र मधेशी जनअधिकार फोरम नेपालका अमृतकुमारी राईको रहनुभएको छ ।
यस्तै जमानत जफत भएका उपप्रमुख पदका उम्मेदवारहरुमा मधेशी जनअधिकार फोरम नेपालका अम्बर बहादुर मल्ल ठकुरी, राष्टिय प्रजातन्त्र पार्टीका ताराकुमारी तामाङ्ग,संघिय समाजवादी फोरमका सारमाया राई,स्वतन्त्रबाट सावित्रा मायाँ विश्वकर्मा र राष्टिय जनमुक्ति पाटिका शान्ता राई रहनुभएको छ ।

