अपडेट : धनकुटामा ८५ जनाको जमानत जफत

धनकुटा खबर, असार २० । आसन्न स्थानिय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा ८५ जनाको जमानत जफत भएको छ ।

प्रमुख र उप–प्रमुखमा ५÷५,वडा अध्यक्षमा १८, दलित महिला ७, महिला सदस्य १० सहित ४० जना खुल्ला सदस्यहरुको जमानात जफत भएको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

जमानत जफत हुने प्रमुख उमेद्वारहरुमा,राप्रपाका बालानन्द भूर्तेल, नयांशक्ति पार्टी नेपालका गणेश पोखरेल,संघिय लोकतान्त्रिक राष्टिय मन्चका ईन्द्र बहादुर रसाईली,राष्टिय जनमोर्चाका कैलाशमान पौडेल र मधेशी जनअधिकार फोरम,नेपाल(लोकतान्त्रिक)का अमृत कुमारी राई रहेका छन् ।

त्यस्तै उप–प्रमुखमा राप्रपाका तारा कुमारी तामाङ्ग,संघिय समाजवादी फोरका सारकुमारी आठपहरीया,फोरम लोकतान्त्रिकका अम्वर बहादुर मल्ल ठकुरी,राष्टिय जनमुक्ति पार्टीका शान्ता राई र स्वत्रन्त्रबाट उमेद्वार दिएकी सावित्रा मायाँ बिश्वकर्मा रहेका छन् ।

वडा अध्यक्षहरुमा माओवादी केन्द्र र राप्रपाका ५÷५,फोरम लोकतानित्रकका ४,संघिय समाजवादी फोरमका २ र संघिय लोकतान्त्रिक राष्टिय मन्च र जनमुक्तिका १÷१ जना रहेका छन् ।

सदस्यहरुमा जमानत जफत हुनेहरुमा माओवादी केन्द्र र राप्रपाका १३÷१३ जना,कांग्रेसका ४ जना,फोरम लोकतान्त्रिक,संघिय लोकतानित्रक,स.घिय समाजवादी फोरम नेपालका ३÷३ जना र नयाँ शक्तिका १ जना रहेका छन् ।

दलित महिला सदस्यहरुमा रापपाका ४ र माओवादी केन्द्रका ३ को जमानत जफत भएको छ ।
महिला उमेद्वार तर्फ राप्रपाका ४,माओवादी केन्द्रका ३,संघिय समाजवादी फोरम,संभिय लोकतान्त्रिक मन्च र नयाँ शक्ति पार्टीका १÷१ जनाको जमानत जफत भएको छ ।

स्थानिय ७ तहको ६० वडा भएको धनकुटामा ३ सय १४ पदका लागि १ हजार २६ जनाको उमेद्वारी परेको थियो । जसमा नेकपा एमालले १७ वडाध्यक्ष बाहेक अन्य सबै पदमा बिजयी हााशिल गरेर धनकुटामा ‘क्लिन स्वीप’ गरेको छ ।

संलग्न : निर्वाचन कार्यालय तथ्यांक टेवल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖