धनकुटा सहित पुर्वाञ्चलका सात जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा, आठौंका लागि ओखलढुङ्गा तयारीमा

धनकुटा खबर, २१ असार । धनकुटा सहित पुर्वाञ्चलका सात जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा भएका छन् । आठौँ खुल्ला दिसामुक्त जिल्लाको रुपमा ओखलढुङ्गा जिल्ला घोषणाको तयारीमा रहेको छ ।

धनकुटा, पाचथर, तेह्रथुम, ईलाम, उदयपुर, ताप्लेजुङ्ग, खोटाङ्ग खुल्ला दिसामुक्त जिल्ला घोषणा भईसकेका छन् भने ओखलढुङ्गा हुने तयारी रहेको छ ।

मंगलवार धनकुटामा वसेको क्षेत्रिय खानेपानी तथा सरसरसफाई समन्वय समितिको वैठकमा दिएको जानकारी अनुसार ओखलढुङ्गालाई आठौँ खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरिने भएको हो । जिल्लालाई खुल्ला दिसामुक्त घोषणाका लागी क्षेत्रिय अनुगमन तथा सुरपरिवेक्षण कार्यालय धनकुटावाट गएको एक टोलीले शौचालय निमार्णको अवस्थाको वारेमा अनुगमन गरेसँगै खुल्ला दिसामुक्त जिल्ला घोषणाका लागी अनुमति दिईने भएको हो ।

गएको जेठ २९ गते क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यालय धनकुटावाट गएको टोलीले जिल्लामा रहेको एक नगरपालिकाका र ५० गाविसमा रहेका घरधुरिमा शौचालय निमार्ण गरिएको अवस्थाको वारेमा अनुगमन गरिएको अनुगमन टोली संयोजक एवं क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यालय धनकुटाका प्रानासु मोहन धितालले वताउनुभयो ।
ओखलढुङ्गा जिल्लामा ३२ हजार ६ सय २८ घरधुरी रहेका छन् । क्षेत्रिय स्तरिय खानेपानी तथा सरसफाई समन्व्य समितिका अध्यक्ष एवं क्षेत्रिय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा भएको वैठकमा ओखलढुङ्गा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणाका लागी अनुमति दिने निर्णय गरिएको छ ।

यसका साथै खुल्ला दिसामुक्त जिल्ला घोषणा भएका जिल्लाहरुमा पुर्ण सरसफाईका लागी रणनितिक योजना तयारी गरि कार्य गर्न निर्देशन दिने,खुल्ला दिसामुक्त जिल्ला घोषणका लागी आगामि साउन महिनामा संखुवासभा जिल्लाको अनुगमन गर्ने,वाँकी जिल्लाका प्रतिनिधिलाई आगामि क्षेत्रिय खानेपानी तथा सरसफाई समन्वय समितिको वैठकमा उपस्थित गराउने निर्णय भएको छ ।

पुर्वाञ्चलका सोलुखुम्वु जिल्ला वाहेक पहाडी जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणाको अवस्थामा पुगेका छन् भने तराईका जिल्लाको सरसफाईको अवस्था ७५ प्रतिशत रहेको छ । वैठकमा क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यालय धनकुटाका प्रमुख शकरप्रसाद जैसवाल,सिनियर डिभिजनल ईन्जिनयर रामप्रसाद दाहाल,अर्जुन न्यौपाने,नागरिक समाजका प्रतिनिधि नारायण जोशी,नेपाल पत्रकार महासघं धनकुटाका निर्वतमान अध्यक्ष खगेन्दप्रसाद घिमिरे लगायत सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।