अब एमालेको नेतृत्वमा धनकुटा चीन र भारत बीचको एक ब्यपारीक केन्द्र बन्नेछ : ओली

धनकुटा राजनैतिक केन्द्रसंगै ब्यपारीक केन्द्र हुन्छ : ओली

धनकुटा खबर, असार २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा अब राजनैतिक केन्द्रसंगै ब्यपारीक केन्द्र हुने बताइका छन् ।

स्थानिय तहको निर्वाचनमा धनकुटाको सबै ७ वटा तह जितेपछि बधाई दिन आएका ओलीलाई स्थानिय एमाले नेताहरुले धनकुटालाई प्रादेशीक राजधानी बनाउनुपर्ने माग राखेपछि उहाँले यस्तो बताएका हुन् ।

‘धनकुटा राजनैतिक केन्द्र बनेको छ’,उनले भने,‘अब एमालेको नेतृत्वमा धनकुटा चीन र भारत बीचको एक ब्यपारीक केन्द्र बन्नेछ ।’

धनकुटा कृषि,पर्यटन र शैक्षिक क्षेत्रमा अगाडि रहेको सन्दर्भमा धनकुटाको तमोर नदीमा हाईड्रोपावर सन्चालन गरेर धनकुटालाई थप समृद्ध बनाईने ओलीले बताए ।

धनकुटालाई ब्यपारीक केन्द्र बनाउनको लागि भारतको जोगवनीबाट चीनको किमाथांका सम्म जोड्ने तमोर करिडोरको तिव्र बिकास र बिस्तार गरिने ओलीले बताए ।

बिराट नगरमा एमालेले पछि परेकाले पनि अब धनकुटालाई प्राथमिकता दिईने अध्यक्ष ओलीको भनाई थियो ।

धनकुटाको सातै तहमा एमालेलाई जिताउन महत्वपूर्ण भुमिका खेलेको भन्दै ओलीले एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईलाई माला लगाएर सम्ममान ब्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका सचिव प्रदिप ज्ञवली,काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित,धनकुटाका मेयर तथा प्रमुखहरुको तर्फबाट धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ लगाएतले बोलेका थिए ।

यो पनि हेर्नुहोस् -> धनकुटा जिल्ला एक नम्बर प्रदेशको राजधानी बन्न सक्ने : अध्यक्ष केपी ओली 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।