एमालेको तर्फबाट मात्रै उम्मदवारी परेपछि धनकुटाको ७ वटै स्थानीय तहमा गाउँ र नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

धनकुटा खबर, असार २८ । धनकुटाको ७ वटै स्थानीय तहमा गाउँ र नगर कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार भएको उम्मदवारी दर्ता कार्यक्रममा नेकपा एमालेको तर्फबाट मात्रै उम्मदवारी परेपछि ४८ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको सवै स्थानीय तहमा एमालेको बहुमत रहेकाले अन्य दलले उम्मेदवारी नदिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिकामा ५ महिला सदस्य र ३ जना दलित र अल्पसंख्यक क्षेत्रबाट गरी ८÷८ जना सदस्य निर्विरोध भएका छन् । त्यस्तै चौविसे, साँगुरीगढी, खाल्सा छिन्ताङ शहीदभुमी र छथर जोरपाटी गाउँपालिकामा ४ महिला र २ जना दलित र अल्पसंख्यकबाट गरी ६÷६ जना सदस्य निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

नगर र गाउँपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको मतदानबाट निर्वाचित हुने ती सदस्यहरु वडाध्यक्ष सरहको हुनेछन् । निर्वाचित पदाधिकारी संगै गाउँपालिका र नगरपालिकाको वोर्ड समितिले पुर्णता पाएको छ । धनकुटामा एमालेले एक्लै जिल्ला समन्वय समिति समेत बनाउने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।