२० लाख लागतमा हिले स्थित गुम्बा भवनको २ तला ढलान गर्ने काम पुरा
धनकुटा खबर, असार २९ । धनकुटा नगरपालिका वडा नं १ हिलेको थोप्तेन देछ्येन छ्योलिङ्ग गुम्वाको २ तले नयाँ भवन निर्माणको कार्य अन्तर्गत दुवै तलाको ढलान गर्ने काम पूरा भएको छ ।

निर्वाचन क्षेत्र नं १ का सांषद टिकाराम चेम्जोङ्गको सांषद विकास कोषवाट प्राप्त २० लाख लागतमा भवनको २ तला ढलान गर्ने काम पूरा गरिएको गुम्वाका अध्यक्ष निरेन तामाङ्गले जानकारी दिनुभयो ।
लामा गुरुहरुलाई वस्न र गुम्भामा सञ्चालन हुने कार्यक्रमहरु सञ्चालन गर्न सहज होस् भन्ने लक्षका साथ वनाईदै गरेको यो भवनको वाँकी काम थप आर्थिक श्रोत र जनसहभागीता जुटाई आर्थिक वर्ष २०७५ भित्र सक्ने योजना रहेको छ ।
दुई तला ढलानको काम भने गत पौष महिनावाट शूरु गरिएको थियो ।


