धनकुटा नगरपालिका ७ का निर्वाचित जनप्रतिनिधिहरुका लागी बधाई सहित शुभकामना कार्यक्रम सम्पन्न

धनकुटा खबर, १ साउन । ज्येष्ठ नागरिक सघं धनकुटा नगरपालिका वडा न.७ वडा समितिको आयोजनामा धनकुटा नगरपालिका वडा न.७ मा निर्वाचित जनप्रतिनिधिहरुका लागी वधाई सहित शुभकामना कार्यक्रम सम्पन्न भएको छ । गत असार १४ गते सम्पन्न भएको स्थानिय तह निर्वाचनवाट धनकुटा नगरपालिका वडा न.७ मा निर्वाचित वडा अध्यक्ष सहित सदस्यहरुलाई सम्मान सहित वधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ ।

७ नम्वर वडा समिति अध्यक्ष वुद्धिकान्त घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकहरुको हक हितका लागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठ, धनकुटा नगरपालिका वडा न.७ का वडा अध्यक्ष जंगवहादुर राई, देउराली मावि वेलहाराका प्रध्यानाध्यापक घनश्याम वराल,व्राह्मण समाज धनकुटाका अध्यक्ष माधवप्रसाद दाहाल,ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका संस्थापक सुर्दशन घिमिरे, मधुमेही समाज धनकुटाका उपाध्यक्ष हरिप्रसाद घिमिरे,नर्वदेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष टिकप्रसाद घिमिरे, लगायतले वोल्नुभएको थियो ।

२० औ दिवासेवा कार्यक्रमको अवसर पारेर आयोजित कार्यक्रममा सहभागि ज्येष्ठ नागरिकहरुले निर्वाचित वडा अध्यक्ष सहित पदाधिकारीहरुसगँ ज्येष्ठ नागरिकहरुका लागी प्रत्येक वर्ष वजेट विनियोजन गर्न प्रस्ताव गरेको ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका सचिव कृष्णभागवत श्रेष्ठले वताउनुभयो ।

सो अवसरमा वोल्नुहुदै वडा अध्यक्ष जंगवहादुर राईले ज्येष्ठ नागरिकहरुका लागी सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा भजन किर्तन समेत प्रस्तुत गरिएको छ । कार्यक्रममा सकुन्तला सुवेदी लगायतले भजन प्रस्तुत गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।