साउने सोमवारको व्रत आजवाट शुरु, धनकुटा हिलेका विभिन्न शिवालय मन्दिरहरुमा भक्तजनको घुईचो
धनकुटा खबर, श्रावण २ । साउने सोमवारको व्रत आजवाट शुरु भएको छ ।

हिन्दु नारीहरुले उपवास वसी भगवान शिवजीको आराधना गर्दै व्रत वस्ने साउने सोमवारको व्रतको आज पहिलो सोमवार पर्यटकी स्थाल धनकुटा हिलेका विभिन्न शिवालय मन्दिरहरुमा भक्तजनहरुको घुईचो लाग्यो । यहाँका रत्न षडेश्वर शिवालय मन्दिर,श्री गंगाजमूना जलेश्वरधाम र वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा व्रतालु महिला दिदीवहिनीहरुको घुईचो लागेको हो । यी मन्दिरहरुमा आज यहाँका स्थानीय सहित धनकुटा हिले आसपासका सयौ भक्तजनहरुले दर्शन गरी पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
हिले सिरान स्थित रत्न षडेश्वर मन्दिरमा विहान देखी मध्यान्न १२ वजे सम्म ५ सय वढी भक्तजनहरुले मन्दिरमा आई पूजापाठ गरेको मन्दिरमा आज पूजापाठका लागि सहयोगमा जुट्नुभएका ज्योतिष पण्ति सरोज घिमिरले वताउनुभयो ।
त्यस्तैगरी गंगाजमुना जलेश्वर धाममा पनि सयौको संख्यामा भक्तजनहरुले उपस्थिति जनाएको र दिउसो २ वजेदेखी साँझ करिव ५ वजे सम्म राधाकृष्ण भजन किर्तन समूहले भजन र्कितनको कार्यक्रम सञ्चालन गरेको मन्दिरका पूजारी धन वहादुर घिमिरेले जानकारी दिनुभयो । भजन किर्तनको कार्यक्रम श्रावण महिनाको प्रत्येक सोमवार सञ्चालन हुने जनाईएको छ ।

यता वक्रकुण्ड मन्दिरको पनि उत्ति नै संख्याका भक्तजनहरुले दर्शन गरेको घिमिरेले वताउनुभयो । साउने सोमवारको दिन व्रत वसी जल चढाएको खण्डमा शिवजीले धारण गरेको कालकुट वीषको पोलाई कम हुने वा शितल भई शिवजीँ खुशी भएर भक्तजनहरुको ईच्छाआकांक्षा तथा मनोकामना पूराहुने धार्मिक शास्त्रमा उल्लेख भएअनुसार भक्तालुहरुले जल चढाउने गरेको ज्यतिष पण्डित सरोज घिमिरेले वताउनुभयो ।

उहाँले व्रतको वेला केही कुरा खाने वा नखाने भन्दा पनि सोमवारको दिन वेलपत्र र पानीले शिवजीको पूजा गरे पनि फलदायी हुने वताउनभयो ।


