‘दर्शक भगवान हैन तर भगवान भन्दा कम हुदैन’ – यस्तो छ महिला निर्देशक ‘बबिता’ को सफल कथा

ईटहरी, नेपाली समाज र परिवेशलाई हेर्ने हो भने अहिले सम्म पनि महिलालाई दोश्रो दर्जामा राखिने अवस्था छ । तर पछिल्लो समयको कुरा गर्ने हो भने पहिलेको समयमा भन्दा आफ्नो अधिकारमा महिला निकै नै स्थापित हुदै गईरहेको छ । यतिखेर हामि कुरा गर्दै छौ भिडियो निर्देशनमा पछिल्लो समय अब्बल देखिदै गरेकी बबिता श्रेष्ठको ।

अन्य क्षेत्रमा जस्तै भिडियो निर्देशनको क्षेत्रमा पनि महिला सहभागिता पनि निकै कम देखिन्छ । ललितपुर पुल्चोक ३ मा जन्मिएकी महिला निर्देशक बबिता श्रेष्ठ अहिले बिषेश गरी लोक गीत भिडियो निर्देशनमा निकै नै चर्चित बन्दै गईरहेको छ । उनको निर्देशनमा बनेको प्राय भिडियोहरु चर्चित छन् भने भिडियो साझेदारी साईट युटुबमा लाखौ पटक हेरिने गरिएको छ ।

बिबाह बन्धनमा पनि बाधिएकि बबितालाइ यो क्षेत्रमा प्रबेश गर्न हौशाला दिने बिसेष व्यक्ति उनको आफ्नै श्रीमान राजेन्द्र पुरी हुन् । “पारिवारिक सहयोग र साथले गर्दा अझै राम्रो र उत्कृष्ट काम गर्ने जोस र जागर आउछ” भन्ने उनि आफ्नो भाई अमन श्रेष्ठ र काजि श्रेष्ठलाई बिसेष सम्झिने गर्छिन l “पर्देशी चेली” बोलको गीतको भिडियो निर्देशन गरेर निर्देशकीय यात्रामा पाईला चालेकी उनले अहिले

लोक दोहोरि निर्देशनमा कसरि लाग्नुभयो भन्ने आम्रो जिज्ञाशामा “कुनै बेला म नेपालि पप, ईङ्ग्लिश र हिन्दि गीत मात्र सुन्थिए, मलाई लोक दोहोरी भन्ने नै थाहा थिएन” । उनि थप्छिन “पछि पारिवारिक माहौल नै लोक गीतमय बन्दै गयो” । उनले “प्रदेशी चेली” पछि “झुठो पिरती”, “नसिबै मा नलेखिएको कुरा”, “सिन्दुर पोते”, “बिधुवा”, “खोज्दै खोज्दै आउछु”, “नलाउ झुठो पिरती भाग २”, “पागल हुन्छु” लगायत अन्य दर्जनौ लोक गीतका म्युजिक भिडियोहरु निर्देशन गरिसकेकी छिन ।

अहिले यतिको ठाउ सम्म पुग्नुको पछाडि आमाको आशिर्बाद र आफ्नो परिवारको साथ नै महत्वपुर्ण पाटो हो उनि भन्छिन । पछि पर्नु हुन्न, अघि बडे अवस्य सफल हुन्छ भन्ने अठोट सहित अगाडि बढेकी बबिता केहि बर्ष अघि देखि आफ्नै श्रीमान् संग मिलेर काठमाण्डौमा प्रियशी म्युजिक प्रालि संचालनमा ल्याएर अडियो तथा भिडियो उत्पादनको क्षेत्रमा पनि काम गरिरहेकी छिन । दर्शक भगवान हैन तर भगवान भन्दा अलिकति पनि कम हुदैन । उनलाई परिवारको साथ् पछि आफ्नो सुभचिन्तक, दर्शक तथा श्रोता अर्को प्रेरणाको श्रोत मान्ने उनि यो क्षेत्र प्रवेशको पछाडि महिला भनि पछि पर्ने हैन, आट र साहस लिएर अगाडि बढ्नु पर्छ भन्दै हौशला दिएकोले मोडल आशा खड्काको पनि बिसेष नाम लिन्छिन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।