जनता लुट्ने निर्णय गराएका विद्यासुन्दरलाई लाग्यो झड्का
काठमाण्डौं । काठमाडौं महानगरले बढाएको करको निजी क्षेत्रले विरोध जनाएको छ । महानगरपालिकाको महानगर परिषद्ले बढाएको करको निजि क्षेत्रको छाता संगठन नेपाल नेम्बर अफ कमर्सले विरोध जनाएको हो ।

आर्थिक विद्येयक २०७४ पारित गर्दै महानगरल सवारीसाधनमा दोब्बर कर बढाएको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर वा त्यस्तै सवारीसाधनको कर बढाएर वार्षिक चार सय रुपैया पुर्याएको छ । यसअघि दुई सय थियो । त्यस्तै चारपांग्रे सवारी करमा पनि तेब्बरले बृद्धि गरिएको छ ।
– कारोबार दैनिकबाट


