तीजमा रत्यौली गाऊन थाले भन्ने को हुन यिनीहरु ? (भिडियो हेर्नुहोस्)

काठमाडौ, पाल्पामा जन्मिएकी ज्ञानु मगर र तनहुँमा जन्मिएका राजु क्षेत्री लोक दोहोरी गायन क्षेत्रमा जमेका कलाकार हुन् । एक दर्जन गीति एल्बम बजारमा ल्याई सकेकी गायिका ज्ञानु मगर र गायक राजु क्षेत्री सांगीतिक दौरानकै क्रममा काठमाडौमा भेट भएका थिए ।

राजु क्षेत्री गायक मात्रै हैनन्, राम्रा गीतकार पनि हुन् । आफू सानो हुँदा, निक्कै राम्रो नाच्ने राजु, करिब एक दशक समय सशत्र प्रहरीमा जागिर खाएका थिए । जागिर छोडेपछि, बिचको समयमा मलेशिया पुगेका उनले , त्यहाँ ३ वर्ष बिताए । मलेशियाबाट फर्किएर निरन्तर गीत-संगीतमै लागी रहेका राजु र नेपालमै निरन्तर गायन क्षेत्रमा लागी रहेकी ज्ञानु मगर लोक दोहोरी गायनमा मात्रै जोडी बनेनन्, वास्तविक जिवनमा पनि जोडी बनेका छन् ।

गायक राजु क्षेत्री र गायिका ज्ञानु मगरले नेपाली हिन्दुहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तिज गीत “रातो सारी ला र” बोलको गीत पनि सार्वजनिक गरेका छन् । उक्त तिज गीतमा शब्द र संगीत गायक राजु क्षेत्रीकै रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । करिश्मा ढकाल र विनोद गुरुङ्गको अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई नारायण रिजालले निर्देशन गरेका छन् भने हरि नारायण चौधरीको छायांकन र नविन घर्ति मगरको सम्पादन रहेको छ ।

यहि सन्दर्भमा गायक राजु क्षेत्री र गायिका ज्ञानु मगरसंग ईन्द्र जिजीबिषाले गरेको कुराकानी

https://youtu.be/Ju0K4vIICS8



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।