धनकुटाको चौबिसे गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सेवा सञ्चालन गरिने

धनकुटा खबर, साउन ६ । धनकुटाको चौबिसे गाउँपालिका क्षेत्रका स्वास्थ्य सस्थामा सुलभ फार्मेसी सेवा सञ्चालन गरिने भएको छ ।

चौविसे क्षेत्रमा रहेका ७ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाईमा शुलभ फार्मेसी सेवा सञ्चालन गर्न एक–एक लाखका दरले रकम विनियोजन गर्ने गाउँपालिकाका जनप्रतिनीधिहरुले निर्णय गरेका छन् ।

उक्त बजेट घुम्ती कोषको रुपमा प्रयोग गर्दै स्थानीयबासीलाई सस्तो मुल्यमा औषधी उपलब्ध गराइने भएको चौबिसे गाउँपालिकाका प्रमुख खजिन्द्र राईले जानकारी दिनुभयो ।

गाउँपालिकाको बोधे, वसन्तटार र मुढेवासको सामुदायिक स्वास्थ्य ईकाई सस्थामाहरुमा सन्चालन गरिने उक्त शुलभ फार्मेसीबाट उक्त क्षेत्रका १७ हजार भन्दा बढी जनसमुदाय लाभाम्बित हुने उपप्रमुख यज्ञ कुमारी रुचालले जानकारी दिनुभयो । – तस्वीर ः डाँडाबजारको एक स्वास्थ्य चौकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।