जंगली जनावरले धनकुटाका किसानलाई पिरल्यो !, हैरान खेपिरहेका किसान भन्छन,- आँखा झिमिक्क बाली सखाप…

धनकुटा खबर, ७ साउन । बिभिन्न जंगली जनावरले अन्नवाली नष्ट पारेर पिरलो दिन थालेपछि धनकुटाका किसानहरु हैरान भएछन् ।

बालीनाली पाक्ने बेलामा बस्ती नजिकैको वनबाट निस्केर जंगली जन्तुले विगविगी बढेपछि धनकुटा नगरपालिका,छथरजोरपाटी, चौविसे लगायत बिभिन्न स्थानका किसानलाई ठूलो चिन्ताले सताएको छ ।

कामको धमाधमको बेलामा वनकर धपाउँदै अन्य वालिनालि लगाउनतिर ध्यान दिन नसकिएको छथरका वेगबहादुर थापाले बताए । उनले भने–‘दिनभरी बाँदर धपायो, रातभरी दुम्सी, मृग, बँदेल र खरायो ।’

बस्ती नजिकैका सामुदायीक बनबाट साझै बस्तीमा प्रवेस गर्ने जनावरका कारण बालीनाली पाक्ने बेलामा किसानले सुखले खाना समेत खान नपाउने उनले गुनासो गरे । प्रायः दिनहु दिउँसो हाँचका हाँच बाँदर–ढेडु आउँछन भने राती बँदेल र दुम्सीले चोक्रोलो मच्चाउने गरेको उनले बताए ।

कामदार जनशक्ति अभावमा दुःखले निर्वाहमुखि कृषि पेशा गर्दे आएका गाउँलेहरुका लागि बन्यजन्तुको ज्यादती थप टाउको दुखाई बिषय बनेको छ ।

धनकुटा नगरपालिकाका नारायण बरालले भने–‘आँखा झिमिक्क नगर्दै बाँदरले सखापै बनाई हाल्छ । मान्छे ओल्टोकोल्टो लाग्ने वित्तिकै खत्तम पारिहाल्छ ।’बाली जोगाउन जनावर धपाउनु पर्ने बाध्यताले जंगल छेउको बस्तीका कतिपय बालवालिकाले स्कुल समेत छुटाउनु पर्ने बाध्यता छ ।

सुविधाका लागि बसाई सर्नेहरुका कारण बस्ती पातलिदै गएपछि बन्य जन्तु गाउँमै बस्न थालेको अर्का स्थानीय गणेस लिम्बुले बताए ।

बन्य जन्तुका कारण स्थानीयबासीले बारिमा लगाईएको मकै, कोदो, सुठुनी, पिँडालु, बोडी, दाल, बदाम जनावरवाट बचाउन मुस्कील पर्न थालेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।