चौविसे गाउँपालिका–६ राजारानीका १० जना ज्येष्ठ नागरिक सम्मानित
धनकुटा खबर, धनकुटाको चौविसे गाउँपालिका वडा न.६ राजारानीमा आज एक कार्यक्रमको आयोजना गरि वडामा रहेका सवै भन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । साविक राजारानी गाविसका ९ वटै वडावाट सवैभन्दा वढि उमेरका ज्येष्ठ नागरिक छनौट गरि ९ जना ज्येष्ठ नागरिक र एक जना दलित ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
वडा अध्यक्ष दानसिं राईको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई दोसल्ला र नगद प्रदान गरि सम्मान गरिएको वडा सचिव विश्वप्रकास जोशीले वताउनुभयो । ज्येष्ठ नागरिकहरुलाई दोसल्ला सहित जनही नगद एक हजार ५ सय रुपैया प्रदान गरिएको छ ।
चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई,ईलाका प्रशासन कार्यालय राजारानीका प्रमुख विदुर गौतम,वडा अध्यक्ष दानसिं राईले संयुक्त रुपमा दोसल्ला तथा नगद प्रदान गरि सम्मान गर्नुभएको छ ।
यस्तै चौविसे गाउँपालिका वडा न.६ कोर्नाटोलमा निमार्ण गरिएको वाह्यखोप सेवा केन्द्रको भवन आज उद्घाटन गरिएको छ । जिल्ला स्वास्थय कार्यालय धनकुटाको आर्थिक सहयोग तथा स्वास्थ्य चौकी राजारानीको पहलमा निमार्ण भएको भवनको चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले उद्घाटन गर्नुभएको छ ।
वडा अध्यक्ष दानसिं राईको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा ईलाका प्रसाशन कार्यालय राजारानीका प्रमुख विदुर गौतम,वडा सचिव विश्वप्रकाश जोशी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी राजारानीका ईन्चार्ज किरण श्रेष्ठले गर्नुभएको थियो ।


