सूचनाको प्रसारण तथा प्रकाशनमा सहयोग पुर्याउने उदेश्यले धनकुटामा सूचनाको हक सम्बन्धि कार्यक्रम
साउन १२, धनकुटा । राष्ट्रिय सूचना आयोगको सहयोगमा धनकुटामा सूचनाको हक सम्बन्धि कार्यक्रम गरिएको छ ।
सूचनाको प्रसारण तथा प्रकाशनमा सहयोग पुर्याउने उदेश्यले आयोगको सहयोगमा पत्रकार महासंघ धनकुटा केन्द्रिय कार्यालयको समन्वयन तथा धनकुटा शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

ऐनले तोकेको निकायबाट सहज रुपमा सूचना प्राप्त गरेर नागरीक समक्ष समचार सम्प्रेषण गर्न पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्यले उक्त एक दिवसिय अन्तरक्रिया कार्यक्रम गरिएको महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेठले जानकारी दिनुभयो ।
कार्यक्रममा सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६५ मा आधारित रहेर पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका पूर्व उपाध्यक्ष सन्जय सन्तोषी राई,सदस्य सिद्धराज राई,जिल्लाका पूर्व अध्यक्ष मोहन बान्तावा,निःवर्तमान अध्यक्ष खगेन्द्र घिमिरे,सल्लाहाकार भेषराज कट्टेल,क्षेत्रिय प्रसारण केन्द्र रेडियो नेपाल धनकुटाका प्रमुख प्रेम प्रसाद भट्टराईले सूचनाको हक प्रयोगका बिषयमा मन्तब्य राख्नु भएको थियो ।
सूचनाको हक संरक्ष,प्रवद्र्धन र प्रचलन सम्बिन्धी बिषयक उक्त अन्तरक्रिया कार्यक्रममा धनकुटाका स्थानिय संन्चारगृह,क्षेत्रीय तथा राष्ट्रिय दैनिकका ३९ पत्रकारहरु र पत्रकारहरुका बिभिन्न पेशागत संस्थाका प्रतिनीधिहरुको हभागि रहेको थिए ।


