धनकुटा हिले स्थित वक्रकुण्ड पञ्चेश्वर महाँदेव मन्दिरको वार्षिकोत्सव यसरी मनाईयो (भिडियो सहित)
धनकुटा खबर, साउन १३ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाईएकोछ । नागपञ्चमीका दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ ।

नागपञ्चमी कै अवसरमा हिलेको धार्मिक तथा पर्यटकीय स्थल वक्रकुण्ड पञ्चेश्वर महाँदेव मन्दिरको ८ औं वार्षिकोत्सव पनि भव्यताका साथ मनाईएको छ । वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर धार्मिक पर्यटन विकास समिति हिलेको आयोजनामा मन्दिरपरिसरमा पूजापाठ,भजन र्कितन कार्यक्रम तथा भव्य मेलाको आयोजना गरी ८ औ वार्षिकोत्सव मनाईएको हो ।

कार्यक्रममा राधाकृष्ण भजन किर्तन समूह, कञ्चनजंघा र्कितन समूह लगायतका समूहले भजन र्कितन तथा नृत्य प्रर्दशन गरेका थिए । सोही अवसरमा समितिले गत स्थानीय तहको निर्वाचन मार्फत निर्वाचित धनकुटा नगरपालिकाका मेयर,उपमेयर सहित विभिन्न वडाका वडाध्यक्ष जनप्रतिनीधि र पाख्रीवास नगरपाकिाका पनि विभिन्न वडाका वडाध्यक्षहरुलाई सम्मान गरेको छ ।

वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर धार्मिक पर्यटन विकास समितिका अध्यक्ष सिंह वहादुर तितुङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रमलाई प्रमुख अतिथीको आसनवाट सम्वोधन गर्दै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले मन्दिरको स्तरोन्नतीका लागि नगरपालिकाको तर्फवाट पहल गर्ने वताउनुभयो ।
त्यस्तै उपमेयर सकुन्तला वस्नेतले स्थानीय स्तरमै पर्यटकीय स्थल निर्माणका लागि विभिन्न सम्भवित ठाउहरु हिलेमा रहेको वताउदै यस्ता स्थलको विकासमा आफुहरुले ध्यान दिने धारणा राख्नुभयो । यता वडाध्यक्ष निरन तामाङ्गले पनि मन्दिर विकासका लागि सहयोग गर्ने वताउनुभयो ।
समितिका सचिव भोगेन्द्र थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा वक्रकुण्ड मन्दिर निर्माणका लागि जग्गा प्रदान गर्नुहुने जग्गादाता गणेश वहादुर घिमिरेलाई पनि सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । मन्दिरमा मेला भर्न तथा पूजाआराधना गर्न विभन्न स्थानका सयौ दशर्नार्थीहरुको भीड लागेको थियो ।


