शहिद मनोज-झपेन्द्र स्मृति दिवसको अवसरमा धनकुटा अस्पतालका विरामीलाई फलफुल वितरण

धनकुटा खबर, १५ साउन । जिल्ला अस्पताल धनकुटामा रहेका विरामीलाई आज फलफुल वितरण गरिएको छ । शहिद मनोज-झपेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति धनकुटाले विरामीलाई फलफुल वितरण गरेको हो ।

तीन दिवसीय कार्यक्रम अन्र्तगत अस्पतालका रहेका विरामीलाई फलफुल वितरण गरिएको नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति धनकुटाले जनाएको छ ।

फलफुल नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज गोविन्द खत्री,संगठनका निर्वाचन कमिटि संयोजक जयराम श्रेष्ठ,जिल्ला अध्यक्ष लावण्यप्रसाद पोख्रेल लगायतले वितरण गर्नुभएको थियो ।

यस्तै साँझ नेपाल निजामति कर्मचारी संगठन धनकुटाको कार्यालयमा दिपावली गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।