पक्षपातपूर्ण तरिकाले काम भयो भन्दै पाख्रीबासका नवनिर्वाचित प्रतिनिधीलाई यस्तो सुझाब

धनकुटा खबर, श्रावण १६ । अन्तरपार्टी समन्वय समिति पाख्रीवासले आज स्थानीय तहको निर्वाचनवाट पाख्रीवास नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुलाई शूभकामना एवम् वधाई ज्ञापन गरेको छ ।

समितिका अध्यक्ष ज्ञान वहादुर गुरुङ्गको अध्यक्षता तथा पाख्रीवास नगरपालिकाका मेयर वीर्ख वहादुर राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच उनीहरुलाई अविर लगाएर खादा ओढाई वधाई तथा शूभकामना ज्ञापन गरेको हो ।

कार्यक्रममा मन्तव्यराख्दै सहभागी वक्ताहरुले पाख्रीवास नगरपालिकाको ५ नं वडावाट सर्वसाधारणका लागि प्रदान गरिने सेवा पक्षपात पूर्ण तरिकाले हुने गरेको वताएकाछन् । वडाकार्यलयमा सर्वसाधारण सेवा लिन जाँदा त्यहाँका वडाध्यक्षले उनीहरुलाई आफु निकट पार्टीका नेतालाई काम गर्न लगाउनु भन्ने गरेको गुनासो पाईएको नेकपा माओवादी केन्द्रका नेता तथा समितिका सदस्य नगेन्द्र गहतराजले वताउनुभयो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण वहादुर थापाले पनि पक्षपातपूर्ण तरिकाले काम हुनेगरेको गुनासो आएको भन्दै आगामी दिन समावेसी र समान ढंगले काम गर्न सुझाव दिनुभयो । कार्यक्रमका अर्का सहभागी पाख्रीवास नगरपालिका वडा नं २ का सन्तोष तामाङ्गले पनि आसार २८ गते आफुले आफ्नो छोरीको नागरिक्ता वनाउने क्रममा भएको त्रुटी सच्याउन अनुरोध गर्दा वडा कार्यलयमा सिफारिस शूल्क मागिएको गुनासो गर्दै अन्य सर्वसाधारणहरु प्रति त्यस्तो नहोस् भन्ने सुझाव दिनुभयो ।

कार्यक्रममा समन्वय समितिका अध्यक्ष ज्ञान वहादुर गुरुङ्गले भावी दिनमा सहकार्य गरेर अघि वढ्ने लक्षका साथ आफुहरुले स्थानीय तहको निर्वाचनमा पराजीत सवै दल सम्मिलित अन्तर पार्टी समन्वय समिति गठन गरेको जानकारी गराउदै सडकको स्तरोन्नती,नगरपालिकावाट सञ्चालन हुने योजनाहरुको समान जानकारी हुनुपर्ने लगायतको ६ वुदे माग पत्र नगर प्रमुख तथा अन्य पदाधिकारीलाई वुझाउनुभयो ।

उल्लेखीत गुनासोहरुको वारेमा सम्वोधन गर्दै नगर प्रमुख विर्ख वहादुर राईले ५ नं को वडाध्यक्षलाई आफुले सो विषयमा सुझाव दिईसकेको वताउदै पून छलफल गर्ने वताउनुभयो । त्यस्तै सम्पूर्ण वडाध्यक्ष जनप्रतिनीधिहरुको तर्फवाट वोल्दै वडा नं ४ का शोवित निरौलाले ५ नं वडाका वडाध्यक्षवाट भएको गल्ती भए त्यस प्रति माफी माग्नुपर्ने धारण राख्दै आफुहरुले नगरक्षेत्रको सवै वडामा समान ढंगले विकास निर्माणका काम गर्ने वताउनुभयो । कार्यक्रममा उपमेयर देवकला तिम्सिना, जाल्पादेवी माविका प्रधानाध्यापक गोपाल वहादुर भट्टराई लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।