पहिरोले १३६ घर जोखिममा, दर्जन भन्दा बढि बिस्थापित

धनकुटा खबर, साउन २१ । पहिरोको कारण धनकुटाको सागुरी गढी गाँउपालिका स्थित मजुवा र मोक्तेन गाँउका १ सय ३६ घर जोखिममा परेको छ ।

हरेक बर्ष परेको पानी संगै पहिरो बढेर गाँउनै जोखिममा परेपछि त्रासका कारण उक्त गाउँका वासिन्न्दाहरु गएको ५ बर्ष देखि ढुक्कले सुत्न पाएका छैनन् ।

पहिरोका कारण सांगुरीढी गाउँपालिकाका मझुवा,मोत्तेन,गर्जुवा र लेउतीका दर्जनौ परिवार बिस्थापित भएका छन् ।

पहिरोका कारण मझुवा वडा नं. ३ का पाँच परीवार बसाई सरिसकेको र अन्य २१ परीवार जोखिममा रहेको पहिरोले घरबार बिहीन भएर छिमेकीकोमा सरण लिएर बसेको स्थानिय खड्ग मगरले वताउनु भयो ।

उता सोहि वडाको तीन तिरवाट पहिरोले घेरेको मोक्तेन गाँउका ९० परिवार पनि पनि पहिरोको उच्च जोखिममा रहेको छ । सो गाँउका १५ परिवार पहिरोको उच्च जोखिममा रहेको र कयौ बसाई सरेको स्थानिय रण बहादु्र मगरले बताउनुभयो ।

त्यस्तै गाँउपालिको वडा नम्वर सातको डडुवा र गर्जुवाका करिव ३ दर्जन घरपरिवार पहिरोको जाखिममा रहेका छन् । यता बडा नम्वर चार स्थीत लेउतीटारकाकरिव १५ परिवार वाढी र पहिरोको जोखिममा रहेका बडा नम्वर ६ का बडाध्यक्ष दिपक मगरले जानकारी दिनुभयो ।

जिल्लामा जोखिम न्युनिकरणका लागि भुसंरक्षण, जलउत्पन्न दैबिकप्रकोप लगायतका कार्यलयले बाढिपहिरो नियन्त्रयाका लागि किाम गरिरहेपनि उक्त सहयोग पर्याप्त नभएको स्थानियबासीको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।