ईतिहाँसले पनि मजाक गर्यो : समर

धनकुटा खबर, साउन २२ । आसन्न स्थानिय तहको चुनाव ईतिहाँसको एक कालखण्डको मजाक भएको माओवादी केन्द्रका कन्द्रय सदस्य सावित्री कुमार काफ्ले (समर)ले बताउनु भएको छ ।

माओवादी केन्दको तर्फबाट बिजयी उमेद्वारहरुलाई बधाई दिन जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा बधाई दिन आएउनुभएका काफ्लले यस्तो बताउनुभउको हो ।

प्रदेश नं. १ का ईन्चार्ज समेत रहेनुभएका काफ्लेले भन्नु भयो–‘बिजयी नीति र एजेण्डा माओवादीको भएपनि स्थानिय तहको चुनावमा एमाले,काँग्रेसले जीतेर ईतिहाँसमा मजाक भएको छ ।’

बैचारीक स्पष्टता नभएका कारण माओवादी हारे पनि पार्टीकै नेतृत्वमा स्थानिय ७ सय ४४ तहमा नै चुनाव भएकोले यसलाई नैतिक बिजयको रुपमा लिनुपर्ने उहाँको भनाई थियो ।

अहिलेको संघिय ब्यबस्था कसैले गर्न नसक्ने भएकोले माओवादीले हार भित्रको जीतमा रमाएर प्रादेशीक चुनावका लागि अगाडि बढ्न समरले कार्यकताहरुलाई निर्देशन दिएका छन् ।

पाटीका सह–ईन्चार्ज उज्ज्वल किरातीको आयोजनामा सम्पन्न भएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा जिल्ला भरीबाट बिजयी १० जनालाई सम्म्मान तथा बधाई ज्ञापन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।