अरु महिलासँग लागेको भन्दै कोरियामा एक नेपाली महिलाले प्रेमीको हात काटेर भण्डार कक्षमा लुकाइन्

काठमाडौं । दक्षिण कोरियामा एक नेपाली महिलाले आफ्ना प्रेमीको हात नै काटिदिएका छन् । आफू बाहेक अरु महिलाहरुँंग पनि उठबस गरेको थाहा पाएपछि उनले प्रेमीको हात काटिदिएकी हुन् । ती महिला प्रेमीसँगै बस्दै आएकी थिइन् । उनले बेहोस हुने औषधि खुवाएर उनको हात काटिदिएको कोरियन सञ्चारमाध्यमले जनाएका छन् ।

प्रेमीको हात काटेपछि ती महिला आफैले प्रहरीको ११९ नम्बरमा कल गरेर घटनाको जानकारी गराएकी थिइन् । त्यसपछि लगत्तै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा ती महिला मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा ढलेकी थिइन् ।अभियुक्त महिलाले हात काटेर भण्डार कक्षमा लुकाएर राखेकी थिइन् । तर, उनले सुरुमा प्रहरीलाई यसको सम्पूर्ण जानकारी दिएकी थिइनन् । काटिएको हात भने ६ घन्टाको व्यापक खोजतलासपछि फेला परेको थियो ।

घाइते अवस्थामा भेटिएका पुरुषलाई भने एम्बुलेन्स मार्फत अस्पताल तत्काल अस्पताल पु-याइएको थियो । चुँडिएको हात चिकित्सकले शल्यक्रिया गरेर जोडेको छ ।प्रहरीका अनुसार उनले प्रेमी सुतेको अवस्थामा फोन कल र म्यासेज हेरेकी थिइन् ।

विभिन्न महिलाहरुसँग म्यासेज आदानप्रदान हुनुका साथै निरन्तर फोन संवाद हुने गरेको देखेपछि आवेशमा आएर उनले प्रेमीको हात काटिदिएकी हुन् । उनले प्रेमीले खाने नियमित औषधिमा बेहोस हुने औषधि मिसाएर हात काटिदिएकी हुन् ।

त्यसो त ती नेपाली महिलाले आफ्ना प्रेमीको आनीबानीलाई लिएर बेलाबेलामा झगडासमेत गर्दै आएकी थिइन् । आफ्नी प्रेमीले आफूबाहेक अरु महिलासँग संगत नगरोस् भन्ने उनको चाहना थियो । तर त्यसमा सुधार नभएको भन्दै उनले सो कदम चालेकी हुन् ।उनका प्रेमी कुन देशका नागरिक हुन् भन्नेबारे भने प्रहरीले अझै खुलाएको छैन । – नेपाल आजबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।