धनकुटाको चौविसे ५ वोधेमा याख्खा भाषा सम्वन्धि २ दिने प्रशिक्षण शूरु
धनकुटा खबर, साउन २२ । याख्खा भाषाको वोलचालमा एकरुपता ल्याउने लक्षका साथ धनकुटाको चौविसे गाउँपालिका वडा नं ५ वोधेमा आजदेखी याख्खा भाषा सम्वन्धि २ दिने प्रशिक्षण शूरु भएको छ ।
किराँत याख्खाछुम्मा केन्द्रिय कार्यलय ललितपुरको आयोजना तथा हिमाली आदीवासी समाज वोधेको प्रायोजनमा सञ्चालित प्रशिक्षणको सहजीकरण निर्मल जिमि र प्रवेश लिङ्खाले गरिरहनुभएको छ ।
किराँत याख्खाछुम्मा गाउकार्य समिति वोधेका अध्यक्ष मान वहादुर याख्खाको अध्यक्षतमा उद्घाटन गरिएको प्रशिक्षणमा याख्खा समुदायका ३२ जनाले सहभागीता जनाईरहेको समितिका सचिव भूमिराज देवान आधुनिकले जानकारी दिनुभयो ।
यो प्रशिक्षण अहिले सम्म काठमाण्डौ,ललीतपुर र खुवाफोकमा सञ्चालन गरिसकिएको छ । भने आगामी दिनमा ऐसेलु खर्क,कुरुले,डाडावजार,धनकुटा नगरपालिका डाडागाउँ, संखुवासभा सहित याख्खा समुदायका मानिसहरु वसोवास गरेका स्थानहरुमा सञ्चालन गरिने योजना रहेको आयोजकले जनाएको छ ।
प्रशिक्षणले किराँत याख्खा भाषा संस्कृतीको जगेर्ना गर्ने र नयाँ पुस्तामा भाषा सम्वन्धि जनचेतना जाग्ने पनि जनाईएको छ ।

